राजधानी बाहिर सेवा दिन एक सय ३० नयाँ बस थप्दै मयूर यातायात

‘यसका लागि मयूर यातायात प्रालिले एक सय ३० ओटा नयाँ बस थप्दै छ,’ कम्पनी अध्यक्ष मोहन श्रेष्ठले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘नयाँ बस बनाउन दिइसकेका छाैं । दुर्इ महिनाभित्र नेपालमा आइपुग्छ ।

राजधानीसहित बनेपासम्म सेवा दिँदै आएको मयूर यातयातले दुई महिनाभित्र ६ जिल्लामा सेवा सुरु गर्ने भएको छ । हाल काठमाडौं, भक्तपुर, ललितपुर हुँदै काभ्रेपलाञ्चोक जिल्लासम्म सेवा दिँदै आएको मयूरले निकट भविष्यमै दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, पोखरा र लुम्बिनीमा पनि सेवा सुरु गर्ने तयारी थालेको हो ।

‘यसका लागि मयूर यातायत प्रालिले एक सय ३० ओटा नयाँ बस थप्दै छ,’ कम्पनी अध्यक्ष मोहन श्रेष्ठले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘नयाँ बस बनाउन दिइसकेका छाैं । दुर्इ महिनाभित्र नेपालमा आइपुग्छ ।’

कम्पनीले दोलखा, रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लालाई लक्षित एक सय ओटा ठूला आरमदायी आउन लागेको हो । त्यसैगरी, काठमाडौं–पोखरा–लुम्बिनीलाई रुट बनाएर चलाउन ३० ओटा नयाँ ठूला एसी बस ल्याउँदै छ ।

जेठ पहिलो हप्ता मयूरका २४ नयाँ बस

त्यसैगरी, मयूर यातायातले उपत्यकाभित्र पनि ४ नयाँ बस सञ्चालन गर्ने भएको छ । यी नयाँ थपिएका बसहरु आउँदो जेठ पहिलो सातादेखि उपत्यकामा सञ्चालन हुने मयूर यातायात प्रालिका श्रेष्ठले जानकारी दिए ।

‘अब २४ ओटा नयाँ बस सञ्चालनका तयारीमा छौँ,’ उनले भने, ‘आगामी जेठ पहिलो साताबाट उपत्यकाभर मयूरका ३७ र ४२ सिट क्षमताका बस सञ्चालनमा ल्याउछौँ ।’ उनका अनुसार अहिले सञ्चालनमा आउने २४ बसहरुमा रङरोगन हुँदैछन् । बसहरुको खरिद मूल्य भुक्तानी भइसकेको उनले बताए । ‘४२ सिट क्षमता भएका बस ५२ लाखमा र ३७ सिट भएका बस ४४ लाख रुपैँयामा खरिद गरेका हौँ,’ श्रेष्ठले भने, ‘यसपछि थप ४५ ओटा बस सञ्चालन गर्ने योजना छ ।’

नयाँ बसहरू चक्रपथ, रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलङ्की, थानकोट रुटमा चल्नेछन् । अहिले मयूर यातायातका २४ ओटा बसले उपत्यकावासीलाई सेवा दिइरहेका छन् ।  श्रेष्ठका अनुसार अबको केही महिनाभित्र उपत्यकामा मात्र नभई राजधानी बाहिर पनि मयूर यातायात सञ्चालन हुनेछन् । ‘अबको केही महिनाभित्र काठमाडौंदेखि खुर्कोट, रामेछाप, ओखल्ढुङगा आदि ठाउँहरुमा पनि सेवा दिन लागेका छौं,’ उनले भने ।

सिन्डिकेटको ठूलो बन्धन तोड्दै मयूर यातायात अहिले उपत्यकाका यात्रुहरुलाई सेवा दिइरहेको छ । अहिले रत्नपार्कदेखि बानेश्वर, कोटेश्वर हुँदै बनेपा धुलिखेलसम्म मयूर यातायातका बस चल्छन् । कम्पनीले अशक्त तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क सेवा दिने गर्छ ।