‘ग्ल्याम’अवतारमा नेपालमा उत्रियो किंगफिसर बियर(तस्विरहरु)

रातो रुमालले छोपिएको दुई क्यान र दुई बोत्तल किंगफिसर जब शुक्रबार साँझ ह्यातमा सार्वजनिक भयो । जेठको गर्मीले बढाउँदै लगेको आफ्नो रवाफ पनि कम भयो ।

दुई साताअघि मात्र बजारमा सफ्ट लन्च भएको प्रख्यात ब्रान्ड किंगफिसरको शुक्रबार साँझ नेपालमा औपचारिक शुभारम्भ भयो । घरेलु बजारमा थपिएको बियरको नयाँ ब्रान्डले यो गर्मीलाई छल्न एउटा विकल्पको सूची पनि थपियो ।

युनाइटेड ब्रुअरी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शेखर रामामूर्तिले रातो रुमाल हटाएर क्यान र बोत्तलको बियर सार्वजनिक गरेपछि उनीसँगै युनाइटेड बु्रअरी इन्डियाका बरिष्ठ उपाध्यक्ष पेरी गोजका साथै नेपालमा किंगफिसर बियर उत्पादन गर्ने यती ब्रुअरीका निर्देशक विशाल अग्रवाल र सन्जीव सर्राफले बियरलाई सार्वजनिक गरे ।

युनाइटेड ब्रुअरी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामामूर्तीले नेपालबाट पाँच बर्षअघि किंगफिसर बियर उत्पादनका लागि प्रस्ताव आएको स्मरण गरे । ‘नेपालको टिमको मिहिनेतले हामीले आफ्नो उपस्थिती यहाँ देखाउन पाएका छौं,’ उनले भने ।

यसअघि नै डिजाइनर नेन्जिङ छेतिङ भुटियाका डिजाइनमा ¥याम्पमा एक दर्जन मोडलहरुले आफ्नो क्याटवाकको जादु चलाइसकेका थिए । ¥याम्पको ओपनर मोडलमा सविता कार्कीदेखि पहिलाे श्रृंखलाको सोज स्टपर प्रियंका कार्कीलाई उतार्दासम्म दर्शकहरु ‘द किंग अफ गुड टाइम’को मुडमा थिए ।

सेकेन्ड सिक्वेन्समा तेन्जीङले कुल ड्रेसमा मोडलहरुलाई उतार्दा भारतमा मोडलिङमा आफुलाई स्थापित बनाइसकेकी आस्था पोखरेलको सोज स्टपरको रुपमा देखा परिन् ।

यती ब्रुअरीका निर्देशक विशाल अग्रवालले विश्वमा प्रख्यात र विस्वासिलो किंगफिसर ब्रान्ड नेपालमा उत्पादन गर्न पाउँदा गर्व महसुस गरेको बताए । ‘नेपाली उपभोक्ताका लागि यसको स्वादले नयाँपन दिन्छ’, उनले भने ।