एक अर्ब ५० करोड ७४ लाख लगानीमा सय ओटा डिलक्स ट्याक्सी सेवा, तीन सय ५० ओटा साधारण ट्याक्सी, १० ओटा डिलक्स कार तथा १० ओटा ठूला डिलक्स बस सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ । उक्त सेवाको कुल लगानीमध्ये एक अर्ब ४५ करोड २३ लाख स्थिर पुँजी छ भने कार्यसञ्चालन पुँजी पाँच करोड ५१ लाख छ । ६ महिनाभित्र सञ्चालनमा आउने ट्रान्सपोर्ट सेवामा पाँच सय चार जनाले रोजगारीको अवसर पाउनेछन् ।
एक अर्ब ५० करोड रुपैयाँ लगानीमा आगामी ६ महिनाभित्र मेट्रो ट्रान्सपोर्ट सर्भिस सञ्चालनमा आउने भएको छ । उपत्यकाको यातायात क्षेत्रमा व्याप्त समस्या तथा ट्याक्सीमा रहेको बेथितिलाई विस्थापन गर्ने उद्देश्यका साथ उक्त सर्भिस सञ्चालनमा ल्याउन लागेको मेट्रो ट्रान्सपोर्ट पब्लिक सर्भिस प्रालिका अध्यक्ष चेतेन्द्र पन्तले जानकारी दिए ।
एक अर्ब ५० करोड ७४ लाख लगानीमा सय ओटा डिलक्स ट्याक्सी सेवा, तीन सय ५० ओटा साधारण ट्याक्सी, १० ओटा डिलक्स कार तथा १० ओटा ठूला डिलक्स बस सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ । उक्त सेवाको कुल लगानीमध्ये एक अर्ब ४५ करोड २३ लाख स्थिर पुँजी छ भने कार्यसञ्चालन पुँजी पाँच करोड ५१ लाख छ । ६ महिनाभित्र सञ्चालनमा आउने ट्रान्सपोर्ट सेवामा पाँच सय चार जनाले रोजगारीको अवसर पाउने पन्तले जानकारी दिए ।
पन्तले लामो समयसम्म अमेरिकामा अनलाइन ट्याक्सी चलाउँदै आएका थिए । त्यहाँको सिस्टम तथा प्रविधिलाई सिको गर्ने क्रममा उनले नेपालमा पनि यो सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको बताए । उपत्यकामा ट्याक्सीका कारण उपभोक्ता दिनानुदिन ठगिइरहेको र अनलाइन सेवा सञ्चालनमा ल्याए त्यस्तो प्रवृत्ति हट्नृ उनको भनाइ छ ।
सरकारले पनि यातायात क्षेत्रलाई व्यवस्थापन गर्न नसकेको पन्तले बताए । अब नेपालमा पनि अन्य विकसित मुलुकको जस्तै नयाँ प्रविधि तथा फरक सिस्टमले नेपालमा भएको निजी, सार्वजनिक सवारीसाधनको बेथिति अन्त्य हुनुपर्ने उनको धारणा छ । ‘यातायात क्षेत्रलाई व्यवस्थापन गर्ने जिम्मा लिएका विभाग तथा अन्य नियामक निकायबाट नै कुनै किसिमको कदम नचालेका कारण सेवाग्राही ठगिन बाध्य भएका हुन्’, उनले भने
उनको कम्पनीले १० ओटा बस निर्माणका लागि उत्पादक कम्पनीलाई जिम्मा दिइसकेको छ । उपत्यकाका लागि सञ्चालनमा ल्याउन लागिएका चार सय ५० ओटा ट्याक्सी आफ्नो कम्पनीसँग पहिले नै रहेको पन्तले बताए । अहिले सरकारले उपत्यकामा चल्ने ट्याक्सीलाई मिटरमा नगए कारबाही गर्ने भनेको छ । तर पनि उपत्यकामा सेवाग्राही चर्को भाडामा ठगिइरहेका छन् । ट्याक्सी चालक मिटरमा जानै मानिरहेको अवस्था छैन । यसले उपत्यकामा ट्याक्सी सेवा नभईइ विकृतिका रुपमा देखिएको उनको भनाइ छ ।