केही हप्ताअघि गृहमन्त्री थापाले काठमाडौंको यातायात क्षेत्रमा व्याप्त समस्या समाधान गर्ने उद्देश्यले सिट क्षमताभन्दा बढी यात्रु चढाउने सवारीलाई कारबाही गर्न सबै नियामक निकायलाई आदेश जारी गरेका थिए । उपत्यकाभित्र तथा बाहिरका लामो दूरीमा चल्ने सानाठूला सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राखे कारबाही गर्न अादेश दिएका थिए ।
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाले गृहमन्त्री रामबहादुर थापाको आदेश नमान्ने साढे ६ सयभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले उपत्यकाको यातायात व्यवस्थापनलाई दृष्टिगत गरी सिट क्षमताभन्दा बढी यात्रु चढाउने सार्वजनिक भाडाका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याएको हो ।
केही हप्ताअघि गृहमन्त्री थापाले काठमाडौंको यातायात क्षेत्रमा व्याप्त समस्या समाधान गर्ने उद्देश्यले सिट क्षमताभन्दा बढी यात्रु चढाउने सवारीलाई कारबाही गर्न सबै नियामक निकायलाई आदेश जारी गरेका थिए । उपत्यकाभित्र तथा बाहिरका लामो दूरीमा चल्ने सानाठूला सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राखे कारबाही गर्न अादेश दिएका थिए ।
गृहमन्त्रीको उक्त आदेशलगत्तै बीपी राजमार्गमा ठूला बस चलाउन रोक लगाइएको छ । अहिले त्यस क्षेत्रमा १८ सिट भएका माइक्रो तथा अन्य सावरीसाधन चल्ने गरेको यातायात व्यवस्था विभागका कर्मचारीले जानकारी दिए । विभागका अनुसार बीपी राजमार्गमा यात्रुको चाप बढी हुने र ठूला बसले अत्यधिक मात्रामा यात्रु ओसारपसार गर्ने भएकाले पनि त्यस क्षेत्रमा ठूला सवारीसाधनलाई रोक लगाइएको हो ।
अहिले पनि ट्राफिक प्रहरीको आँखा छलेर विभिन्न रुटका सवारीसाधनले खचाखच यात्रु ओसारपसार गरिरहेका छन् । महानगरीय ट्राफिक महाशाखाले कडाइका साथ निगरानी गरेको भए पनि गृहमन्त्रीको आदेश मनिरहेका छैनन् । नियमविपरीत यात्रु हाल्ने र नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गर्न ट्राफिक प्रहरी अहोरात्र खटिइराखेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्तले बताए । अहिले दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीलाई बढी ध्यान दिइएको उनको भनाइ छ ।
अहिलेसम्म खटिएका ट्राफिक प्रहरीले साढे ६ सयभन्दा बढी सवारीसाधनलाई कारबाही गरिसकेको उनले जानकारी दिए । उपत्यकामा सञ्चालित ठूला एवम् सुविधायुक्त बसलाई सिट क्षमताभन्दा बढी यात्रु चढाउन अनुमति दिइएको समेत उनले बताए । ‘विश्वका जुनसुकै देशमा पनि ठूला बसले मानिस उभ्याउन पाउने नीति भएकाले नेपालमा उक्त सेवा दिन सकिँदैन भन्न मिल्दैन,’ उनले भने ।
सरकारले दिएको उक्त निर्देशन पालन नगर्ने सवारीका लागि कारबाहीको दर पनि बढाएको उनले बताए । यातायात व्यवस्था विभागले शुक्रबारसम्म ५ सय रुपैयाँ तोकेकोमा अब कारबाहीका लागि एक हजार रुपैयाँ पुर्याएको छ । कहीँकतै नियमविपरीत यात्रु चढाइएको थाहा पाए सोही समयमै कडा कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाका सूचना अधिकारी नवीनराज राईले बताए । ‘त्यस्तो कहीँ कतै चढाएको थाहा पाए खबर गर्नुस्, कारबाहीको दायरामा ल्याउने काम हाम्रो हो,’ उनले भने ।
यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले पनि नियमविपरीत सवारीसाधनमा यात्रु नहाल्न आग्रह गरे । नियमविपरीत यात्रु चढाएको पाइए विभागबाट कारबाही रकम दोब्बर बनाइएको उनको भनाइ छ ।