अबदेखि देशको नामै तोकेर ‘डेस्टिनेसन प्रमोसन’ शिर्षकमा बजेट

सरकारले नेपालमा कुन कुन देशबाट सबैभन्दा बढी मुलुकबाट घुम्न आएका छन्, ति मुलुकको नामै उल्लेख गरेर प्रमोसन समेत गर्ने भएको छ । सचिव न्यौपानेका अनुसार भारत, चीन तथा अन्य केही मुलुकमै प्रमोसन गर्न भनेर बजेट बनाउने तयारी पनि थालेका छौं । ‘कानुन अनुसार पनि बोर्डको सबैभन्दा बढी रकम डेस्टिनेसन प्रमोसनमै खर्च गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, अहिले बोर्डले डेस्टिनेसन प्रमोसनमा आएको रकम सामान्य कार्यक्रममा सकिरहेको छ ।’

पर्यटन बोर्डमा जाने विकास खर्चको बजेट मध्ये ९० प्रतिशत सामान्य कार्यक्रममै सकिन थालेपछि सरकारले ‘डेस्टिनेसन प्रमोसन’ शिर्षकमै रकम छुट्याउने भएको छ । ‘नेपाल घुम्न लायक मुलुक हो भनेर चिनाउन छुट्याइएको बजेट पनि देशभित्र हुने सामान्य कार्यक्रममै खर्च हुन थालेपछि सरकारले डेस्टिनेसन प्रमोसन शिर्षकमै राख्ने तयारी थालेको हो,’ सस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भने, ‘सरकारले डेस्टिनेसन प्रमोसन शिर्षकमै बजेट विनियोजन गरेपछि अन्यत्र बजेट खर्च हुँदैन ।’

जिल्ला तथा गाउँतहमा गरिने कार्यक्रममा डेस्टिनेसन प्रमोसनका लागि राखिएको बजेट खर्च हुन थालेपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । कुल विनियोजित रकममध्ये १५ प्रतिशत तलबभत्तामा खर्च हुन्छ । बाँकी ५८ प्रतिशतमध्ये ६० प्रतिशत रकम डेस्टिनेसन प्रमोसनमै खर्च गर्नुपर्ने बोर्ड पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रचण्डमान श्रेष्ठले बताए ।

सरकारले नेपालमा कुन कुन देशबाट सबैभन्दा बढी मुलुकबाट घुम्न आएका छन्, ति मुलुकको नामै उल्लेख गरेर प्रमोसन समेत गर्ने भएको छ । सचिव न्यौपानेका अनुसार भारत, चीन तथा अन्य केही मुलुकमै प्रमोसन गर्न भनेर बजेट बनाउने तयारी पनि थालेका छौं ।
‘कानुन अनुसार पनि बोर्डको सबैभन्दा बढी रकम डेस्टिनेसन प्रमोसनमै खर्च गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, अहिले बोर्डले डेस्टिनेसन प्रमोसनमा आएको रकम सामान्य कार्यक्रममा सकिरहेको छ ।’

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी गाउँतहमा हुने कार्यक्रममा बोर्डको धेरै समय खर्च भएको बताउँछन् । बोर्ड अन्तराष्ट्रिय बजार खोज्ने हो, नयाँ नयाँ ठाउँको खोजी गर्न बोर्ड लाग्ने तयारीमा रहेको उनको भनाइ छ ।
‘कुनै समय बोर्डको पहलमा मेला महोत्सव गर्नुपर्ने थियो । अहिले स्थानीयहरुनै मेला महोत्सव अग्रसर भएर लागेका छन्,’ उनले भने, ‘यस्तो बेलामा स्थानीय तहमा भएका मेलामा सहभागि भएर समय खर्च गर्नुभन्दा पनि डेस्टिनेसन प्रमोसनमै लाग्नुपर्ने आजको आवश्यकता भएको छ ।’

बोर्डका अनुसार गाउँ तथा जिल्लातहबाट आउने स–साना कार्यक्रममा बोर्डको समय धेरै खर्च भएकाले पनि नयाँ डेस्टिनेसन प्रमोसन हुन नसकेको हो । नेताको दबाब थेग्न नसक्दा स्थानीयस्तरमा सहभागिता बढेको बोर्डका एक सदस्यले बताए ।