को बालक, को वृद्ध, को युवा, को आफ्नो, को पराइ, को दुब्लो, को मोटो सबैलाई विश्वकपको ज्वरोले पोल्न थालेको छ । यस्तो ज्वरोे, जसले आनन्दित बनाउँछ र मानिसलाई प्रफुल्ल तुल्याइदिन्छ ।
फिफा विश्वकप २०१८ आउन १० दिन मात्र बाँकी छ । त्यसैको प्रभावस्वरुप अहिले सहरबजार, चोकचौतारा र टेलिभिजन पसलमा अर्कै रौनक देखिन थालेको छ ।
स्कुल–कलेजमा अध्ययन गर्नेहरुदेखि पाका उमेर भएकाहरुमा समेत विश्वकपको तातो लागेको छ । त्यति मात्र होइन, अहिले सामाजिक सञ्जालका भित्ताहरु विश्वकपमा प्रतिस्पर्धी मुलुकका खेलाडी, तिनले लगाउने जर्सी आदिले रङ्गिएका छन् । रङ्गिएका मात्र छैनन्, आआफ्ना मनपर्ने खेलाडी र देशका बारेमा लेखिएका स्टाटस, तिनबारे गरिएका कमेन्ट र प्रतिक्रियाले समेत सामाजिक सञ्जाललाई छुट्टै उत्सवमय बनाइदिएका छन् ।
को बालक, को वृद्ध, को युवा, को आफ्नो, को पराइ, को दुब्लो, को मोटो सबैलाई विश्वकपको ज्वरोले पोल्न थालेको छ । ज्वरो यस्तो, जसले आनन्दित बनाउँछ र मानिसलाई प्रफुल्ल तुल्याइदिन्छ ।
जेठ ३१ गतेबाट रुसको राजधानी मस्कोमा भव्य रुपमा सरु हुने विश्वकप नजिँकिँदै गर्दा नेपालमा पनि त्यसको प्रभाव बढ्दै गएको छ । २१ औं संस्करणको विश्वकपमा ३२ राष्ट्र सहभागी हुँदै छन् ।
अहिले सडकमा हिँड्दा होस् वा सामाजिक सञ्जालका भित्ता सबैतिर विश्वकपको उत्साह देखिन्छ । त्यसको प्रमाण हो, विभिन्न देशको जर्सीमा सजिएका मान्छे र जर्सीको व्यापार । विश्वकप खेल्ने मुलुक अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल, जापानलगायत मुलुकका जर्सीको माग अत्यधिक रहेको कपडा व्यवसायीको भनाइ छ । जर्सीसँगै फुटबलका विभिन्न सामग्री किन्न आउने ग्राहक पनि बढिरहेका छन् ।
विश्वकप खेल्ने राष्ट्रको भेस्ट र टिसर्टको व्यापार बढ्दै गएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केका सेल्स म्यान नरेन्द्र भट्टचनले बताए । अहिले विश्वकप हेर्न ठूला एलईडी, एलसीडी टेलिभिजनको व्यापार पनि बढेको छ । परिवारसँगै बसेर विश्वकपको मज्जा लिन टेलिभिजन खरिद गर्न आएकी जडिबुटीकी सिर्जना कार्कीले बताइन् । अहिले सानादेखि युवा तथा वृद्धवृद्धामा समेत जर्सी खरिद गर्ने, लगाउने तथा फ्यानको फोटो नाम भएका कपडा लगाउने हुटहुटी बढेको छ ।
भद्रकालीस्थित इस्पोटर््स सेन्टरमा पनि फुटबलप्रेमी अत्यधिक भीड बढेको सञ्चालक सन्तोष अधिकारी बताउँछन् । विश्वकप सुरु हुने बेलासम्म अहिलेको व्यापार दोब्बर हुने उनको भनाइ छ । उनले अहिले जर्सीलाई चार सयदेखि आठ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । मागअनुरुप सामान थपदै जाने उनले बताए । अहिले धेरैजसो ग्राहक जर्सी किन्ने रहेको उनले बताए ।
बजारमा अहिले विश्वचर्चित फुटबलर मेस्सी, नेइमार, रोनाल्डोलगायतका फ्यान बढी रहेकाले नेपालमा तिनै स्टारको नाम प्रिन्ट भएका टिसर्ट किन्नेको भीड रहेको व्यापारीको भनाइ छ । यससम्बद्ध व्यवसायीले पनि अहिले खेलकुदका सामान आयात गर्ने क्रम पनि बढेको छ ।
विश्वकप नजिँकिँदै गर्दा विभिन्न पसल, सपिङ सेन्टर एवम् मलहरुले विभिन्न किसिमका अफरसमेत सार्वजनिक गरेका छन् । भाटभटेनीमा एउटा जर्सी किन्दा ५० प्रतिशतसम्म छुट पाइन्छ । ग्राहकलाई आकर्षित गर्न र आफ्ना वस्तु प्रवद्र्धन गर्नसमेत अहिले व्यवसायी विभिन्न योजनाका साथ प्रस्तुत भएका छन् ।
रिचार्जर एपमा एक रुपैयाँमै जर्सी
रिचार्जर एपमा फिफा विश्वकप जर्सी एक रुपैयाँमा उपलब्ध गराउने भएको छ । विश्वकप फुटबलको रौनक छाउँदै गर्दा रिचार्जरले आफ्नो ब्रान्ड प्रवद्र्धनका साथै नेपाली फुटबलप्रेमीलाई ९ सय ९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको हो ।
विश्वकप फुटबल सुरु केही साता मात्र बाँकी हुँदा रिचार्जरले ठूलो सङ्ख्याका नेपाली फुटबल पारखीलाई लक्ष्य गर्दै यस्तो अफर ल्याएको हो । अफर आगामी आइतबार दिउँसो १२ बजेबाट सुरु हुने जनाइएको छ । यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुने बताइएको छ ।
गुगलप्ले स्टोरबाट एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले सय रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यसपछि जतिको मोबाइल रिचार्ज गरिन्छ, त्यति नै क्यासब्याक पाउन सक्ने जानकारी दिइएको छ । यसरी प्राप्त हुने क्यासब्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सक्नेछन् ।