अब ट्रायलपास भएको डेढ महिनामै सबैका हातमा स्मार्टलाइसेन्स

दुई वर्षअघि स्मार्टलाइसेन्सको अवधारणा आएपनि विभागका कारण यसको वितरण कार्यमा ढिलासुस्ती हुँदै आएको थियो । ‘हामीसँग पर्याप्त प्रिन्टिङ मेसिन र कार्डको अभावले ट्रायलपास भएकाको पनि लाइसेन्स दिन सकिएको थिएन,’ अर्यालले भने, ‘अब त्यो समस्याबाट सर्वसाधारणले झन्झट व्यहोर्नु पर्दैन ।’

अब ट्रायलपास भएको डेढ महिनामै सबैका हातमा स्मार्टलाइसेन्स कार्ड आउने भएको छ । यातायात व्यवस्था विभागले स्मार्टलाइसेन्स वितरण गर्न पर्याप्त मात्रामा डिजिटल प्रिन्टिङ मेसिन तथा कार्ड उपलब्ध भएकाले अब लाइसेन्स लिनका ६ महिना कुर्नु नपर्ने विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।

दुई वर्षअघि स्मार्टलाइसेन्सको अवधारणा आएपनि विभागका कारण यसको वितरण कार्यमा ढिलासुस्ती हुँदै आएको थियो । ‘हामीसँग पर्याप्त प्रिन्टिङ मेसिन र कार्डको अभावले ट्रायलपास भएकाको पनि लाइसेन्स दिन सकिएको थिएन,’ अर्यालले भने, ‘अब त्यो समस्याबाट सर्वसाधारणले झन्झट व्यहोर्नु पर्दैन ।’

उनका अनुसार हालसम्म पुरान ट्रायलपास भएर लाइसेन्सका लागि पर्खिराखेका कुल दुई लाख २५ हजारभन्दा बढी सेवाग्राही छन् । उनीहरुलाई अब एक महिनाभित्र स्मार्टलाइसेन्स दिन सकिने यातायात विभागले बताएको छ । ‘अहिले हामी नयाँ स्मार्टलाइसेन्स लिनेलाई भन्दा पनि पुरानालाई प्रथामिक्का दिन्छौं,’ अर्यालले भने ।

केही दिनअघि भैतिक पूर्वधारमन्त्री रधुवीर महासेठले यातायात व्यवस्था विभागको स्मार्टलाइसेन्स वितरणकार्यमा ढिलासुस्ती भएको भन्दै दुई महिनाभित्र सबै सेवाग्राहीलाई स्मार्टलाइसेन्स कार्ड उपलब्ध गराउन निर्देशन समेत दिएका थिए । सर्वसाधारण पनि ट्रायल पास गरेर लाइसेन्स नलिई बसेकोले धेरै समस्या झेल्न बाध्य भएका थिए ।

यातायात व्यवस्था विभागले पनि विभागबाट वितरण गरिदैँ आएको सवारीचालक अनुमतिपत्र केही समयदेखि स्मार्टकार्ड आपूर्ति र छपाइमा भएको ढिलाइका कारण सेवाग्राहीलाई समयमै स्मार्टकार्ड उपलब्ध गराउन नसकिएकोमा दुख समेत व्यक्त गरेको छ ।

अब नयाँ प्रिन्टरसहति विभागसँग ८ ओटा प्रिन्टर छन् । सबै प्रिन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गरेर डेढ महिनाभित्र लाइसेन्स बाँड्न सकिने प्रवक्ता अर्यालको भनाइ छ ।

’अहिले हामीलाई केहीमा पनि समस्या छैन, सबै ट्रायल पास भएर स्मार्टकार्ड पर्खिरहेकालाई तुरुन्त वितरण गर्नेछौं,’ उनले भने ।