घरजग्गा मेला मङ्गलबार सकिँदै, घरदेखि गाडीसम्म (फोटो फिचर)

मेलामा विभिन्न कम्पनीले प्रदर्शनका क्रममा ३४ लाख रुपैयाँका अपार्टमेन्ट फ्ल्याटदेखि ६ करोड रुपैयाँसम्मका आवासीय घरका नमुना राखेका थिए । त्यस्तै विभिन्न विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनेटरी फिटिङ, पेन्ट्स, सवारी साधन, सजावटका सामानको बारेमा जानकारी दिइएको थियो छ ।

सातौं घरजग्गा मेलाको आज मङ्गलबार अन्तिम दिन । मेलामा विभिन्न हाउजिङ कम्पनीका घर तथा अपार्टमेन्ट, घर बनाउन चाहिने निर्माण सामग्री, इन्टेरियर डिजाइन तथा फाइनान्सको सुविधाबारे जानकारी दिँदै सकिने भएको छ ।

मेलामा विभिन्न कम्पनीले प्रदर्शनका क्रममा ३४ लाख रुपैयाँका अपार्टमेन्ट फ्ल्याटदेखि ६ करोड रुपैयाँसम्मका आवासीय घरका नमुना राखेका थिए ।
त्यस्तै विभिन्न विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनेटरी फिटिङ, पेन्ट्स, सवारी साधन, सजावटका सामानको बारेमा जानकारी दिइएको थियो छ । बिमा, बैङ्किङ्ग तथा वास्तुकला व्यवसायमा संलग्न व्यवसायीहरुले पनि आ–आफ्ना उत्पादनहरु प्रदर्शनमा राखेका थिए ।

राजधानीमा असार १ गतेदेखि सुरु भएको घरजग्गा मेलामा ३७ लाख रुपैयाँमा अपार्टमेन्ट र ९५ लाख रुपैयाँमा घर बिक्रीका लागि राखिएका थिए । घरजग्गा कारोबारमा मन्दी आएका बेला आयोजना गरिएको मेलामा विभिन्न कम्पनीले सस्तो मूल्यमा अपार्टमेन्ट र घर बिक्रीमा राखेका थिए ।

घरजग्गा मेलामा बैङ्हरुले सकेसम्म सस्तो ब्याजदरमा घरकर्जा (होमलोन) अफर गरे । बैङ्कले ९ देखि साढे १४ प्रतिशतसम्मको ब्याजदरमा घरकर्जा दिने अफर ल्याएका थिए । त्यसैगरी अपार्टमेन्ट खरिद गर्ने सेवाग्राहीलाई पनि कम्पनीअनुसार बैङ्कले ५ देखि ३५ वर्ष अवधिसम्मको कर्जा दिन ग्राहकलाई आकर्षित गरेका थिए ।