
नेपाल आयल निगमले पनि सुपर ग्यास उद्योगको आगलागीको बारेमा छानविन गर्न छुट्टै समिति बनाउने भएको छ । निगमले आजै बेलुका बोर्डको बैठक बोलाएर छानविन समिति बनाउने तयारी थालेको हो । ‘छानविन समिति बन्छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘आजै बोर्डको बैठक बोलाएर समिति बनाइन्छ । त्यसले भोलिबाटै काम सुरु गर्छ ।’
त्यसैगरी, एलपी ग्यास उद्योग सङ्घले पनि ग्यास उद्योगमा भएको आगलागीको बारेमा अध्ययन गर्न सङ्घका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्य समिति बनाइसकेको छ । घिमिरे सहित मनोजकुमार दास, कुसप्रसाद मल्ली, विजयहरी शर्मा, राकुमार सिन्दी रहेको समितिले आजैबाट काम सुरु गरिसकेको छ । समितिले पाँच दिनभित्र काम प्रतिवेदन तयार पर्ने छ ।