
नेपाल आयल निगमले सुपर ग्यास उद्योग प्रालिमा भएका आगजनीको छानविन गर्न एक समिति गठन गरेको छ । निगम सञ्चालक समितिको बैठकले नेपाल आयल निगम गुणस्तर तथा अनुगमन विभागका निर्देशक करुणा क्षेत्रीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
छानविन समितिको सदस्यमा निगम इन्जिनियरिङ विभागका निर्देशक राजिव शर्मा, एलपिजी विभागका निर्देशक दीपक बराल, नेपाल गुणस्तर तथा नाप तौल विभागका प्राविधिक रहेका छन् । सो समितिले १५ दिन भित्रमा प्रतिवेदन पेस गर्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘ग्यास उद्योगमा भएको दुर्घटनाको विषयमा गम्भिर छलफल भयो,’ उनले भने, ‘आगामि दिनमा हुन सक्ने यस्ता दुर्घटनामा पूर्व सर्तकर्ता कसरी अपनाउने भन्नेमा चिन्तित तुल्याएको छ ।’ निगमले नेपालमा एक्स्प्लोसिभ एक्ट नहुँदा उद्योगको नियमन गर्न पनि कठिनाई भएको जनाएको छ ।