पूर्व—पश्चिम रेलमार्ग : बुटवलदेखि महेन्द्रनगरसम्मको डीपीआर ड्राफ्ट तयार

चार सय किलोमिटरको उक्त रेलमार्ग निर्माणका लागि विभागको स्वीकृतिका लागि आइसकेको विभागका सूचना अधिकारी तथा सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

पूर्व—पश्चिम विद्युतीय रेलमार्गअन्र्तगत बुटवलदेखि कञ्चनपुरको महेन्द्रनगर (गड्डाचौकी)सम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । भारतीय कम्पनीले निर्माण गर्ने उक्त रेलमार्ग खण्डको डीपीआर रेल विभागमा आइसकेको छ ।

चार सय किलोमिटरको उक्त रेलमार्ग निर्माणका लागि विभागको स्वीकृतिका लागि आइसकेको विभागका सूचना अधिकारी तथा सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । उनले विभागले आवश्यक अध्ययन गरी भारतीय पक्षलाई नै निर्माणका लागि दिने/नदिने विषय टुङ्ग्याउन बाँकी रहेको बताए । ‘बुटवलदेखि महेन्द्रनगरको गड्डाचौकीसम्म रेलमार्गको डीपीआर ड्राफ्ट भारतीय पक्षले बुझाएको छ,’ उनले भने, ‘आवश्यक अध्ययन र छलफल गरी डीपीआर स्वीकृत गर्ने नगर्ने विषय एक दुई महिनामै टुङ्गो लाग्छ ।’

महोत्तरी बर्दिवासदेखि सर्लाहीको लालबन्दीसम्म २५ किलोमिटर रेलमार्ग निर्माण यसअघि नै भइसकेको छ । त्यस्तै बर्दिवास—सिमरा—विरगञ्जसम्म एक सय ४५ किमी रेलमार्ग निर्माणका लागि डीपीआर तयार भइसके पनि भारतीय पक्षले निर्माणमा देखाएको ढिलासुस्तीका कारणले निर्माणले गति लिन नसकेको इन्जिनियर उपाध्यायले बताए ।

बुटवलदेखि महेन्द्रनगरसम्म बन्ने रेलमार्ग निर्माणका लागि साढे २ खर्ब लागत लाग्ने इन्जिनियर उपाध्यायको तर्क छ । उनका अनुसार, प्रतिकिमी रेलमार्ग निर्माणका लागि मोटामोटी ६० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । उनका अनुसार २५ किलोमिटर र अहिले निर्माण हुँदै गरेको ५ किलोमिटर गरी ३० किमी लगायत अन्य खर्च गरी झन्डै ६ अर्ब रुपैयाँ खर्च भइसकेको बताए ।