चिनियाँ स्मार्टफोनले चम्किएको नेपाली मोबाइल बजार

सबैभन्दा बढी फोन चीनबाट बजारमा छन् । विभागको तथ्याङ्क अनुसार ५४ लाख १३ हजार ओटा सेट चीनबाट भित्रिएका छन् जुन १९ अर्ब ७२ करोड मूल्य बराबरको हो । पछिल्लो समय नेपालमा भियतनामबाट पनि अत्यधिक मात्रमा मोबाइल फोन आयात हुने क्रम बढेको भन्सार विभागको तथ्यांकमा छ ।

नेपालमा मोबाइल प्रयोगकार्ता दिनानुदिन बढ्दै गएको छ भने अर्कोतर्फ मोबाइलको प्रयोग सर्वब्यापी बन्दै जाँदा आयात पनि तीब्ररुपमा वृद्धि भइरहेको छ । गाउँगाउँमा पनि स्मार्ट फोनमा आकर्षण बढ्दै जाँदा मोबाइलको प्रयोग र आयात बढेको बढ्दै गएको छ । झन् महँगा सेटहरुमा नेपाली उपभोक्ताको आकर्षण बढ्दा आयात दर उकालो लागिरहेको छ ।

गत आर्थिक बर्षमा मात्रै करिब २४ अर्ब ८७ बराबरको मोबाइल तथा अन्य मोबाइल पार्टपूर्जा नेपाली बजारमा भित्रिएको तथ्याङ्क विभागले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा २२ अर्ब ६६ करोडको मोबाइल आयात भएको थियो । अघिल्लो आबको तुलनामा गतवर्ष २ अर्ब २१ करोड बढी मूल्यको मोबाइल आयात भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ५९ लाख ५५ हजार ओटा मोबाइल सेट आयात भएकोमा गत वर्ष यो संख्या ६२ लाख २३ हजारमा पुगेको छ ।

सबैभन्दा बढी फोन चीनबाट बजारमा छन् । विभागको तथ्याङ्क अनुसार ५४ लाख १३ हजार ओटा सेट चीनबाट भित्रिएका छन् जुन १९ अर्ब ७२ करोड मूल्य बराबरको हो । पछिल्लो समय नेपालमा भियतनामबाट पनि अत्यधिक मात्रमा मोबाइल फोन आयात हुने क्रम बढेको भन्सार विभागको तथ्यांकमा छ ।

गत एक वर्षको अवधिमा भियतनामबाट मात्रै ४ अर्ब ७२ करोड मूल्य बराबरको ५ लाख १० हजार मोबइल सेट नेपाल आएको छ । त्यस्तै मोबाइल धेरै आउने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पर्छ । । एक वर्ष्भित्र भारतबाट ३८ करोड ८६ लाख बराबरका २ लाख ९५ हजार वटा मोबाइल सेट नेपाल आएका छन् । त्यसबाहेक नेपालले अमेरिका, कोरिया लगायतका मुलुकबाट पनि सानै संख्यामा भएपनि मोबाइल सेट भित्र्याएको छ ।

नेपालमा पछिल्लो समयमा मिड रेन्ज बजेट मोबाइलको प्रयोग सबैभन्दा उच्च गतिमा बढिरहेको छ । मध्यम वर्गीयमात्रै नभएर गरिब परिवारका सदस्य पनि मिड रेञ्जका स्मार्टफोन बोक्न आकर्षित भएका छन् । १० हजारभन्दा महंगा र २५र३० हजारसम्म मूल्य भएका मोबाइलको बजार फैलँदो छ ।

नेपालमा प्रचुर सम्भावना भएकाले नै मोबाइलका नयाँनयाँ ब्राण्ड भित्रिरहेका छन् । स्मार्टफोनको बजारमा विश्व बजारमै देखिएको तीव्र प्रतिस्पर्धा नेपाली बजारमा पनि कम रोचक छैन । सामसुङ, एप्पल, हुवावे, ओप्पो, जिओनी, कलर्स, म्याक्रोम्याक्स, साओमी, एलजी, सोनी, जेटीई, कुलप्याड, सिजी लगायतका स्मार्टफोन कम्पनी नेपालमा मुख्य प्रतिस्पर्धीका रुपमा छन् । विशेष गरी इन्टरनेटको पहुँच सरल बन्दै जाँदा स्मार्टफोनमा युवा पुस्ता मात्रै नभएर प्रौढ पुस्ता पनि आकर्षित छन् । त्यसैकारण पनि आयात तथा बिक्रि क्रम पनि उकालो तर्फनै रहेको छ ।