नेपालमा १४ लाखदेखि २५ लाखसम्मका कारको बिक्री उच्च छ । नेपाली सडकमा १४ लाखदेखि चार करोड रुपैयाँसम्मका गाडी कुद्ने गरेका छन् । सार्वजनिक यातायातका रूपमा प्रयोग गरिने बस भने एक वर्षमा दुई हजार नौ सय ७२ मात्रै दर्ता भएको छ ।
एस्काभेटर, ब्याकहो लोडर र डोजरको प्रयोग बढ्दै गएको छ । विकास निर्माणका लागि प्रयोग हुने यस्ता सवारीसाधन बर्सेनि १२ हजारभन्दा बढी दर्ता हुने गरेको सरोकारवालाको भनाइ छ ।
एस्काभेटर विशेषगरी निर्माण र उत्खनन कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्ट हो । यसलाई सडक, सिँचाइ, राजमार्ग, खानी, रियल इस्टेट, सहरी विकासलगायत क्षेत्रमा प्रयोग गरिन्छ । विभिन्न यन्त्रजडित एस्काभेटर खन्ने कार्य, ड्रिलिङ र अनावश्यक संरचना भत्काउनेलगायतका काममा प्रयोग भइरहेका छन् । यातायात विभागका अनुसार गत आर्थिक वर्षमा क्रेन, एस्काभेटर, डोजर ट्रक, टिपर गरी १२ हजार एक सय ५४ ओटा डोजर विभागमा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७४/७५ मा चार लाख ३७ हजारभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । गत आवमा देशभरका यातायात कार्यालयमा चार लाख ३७ हजार ६ सय १४ ओटा सवारी दर्ता भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले जानकारी दिए । तर, आव २०७३÷७४ मा चार लाख ४४ हजार दुई सय सवारी दर्ता भएका थिए । गत आवमा दर्ता भएका सावारीको सङ्ख्या आव २०७३÷७४ मा दर्ता भएका सवारी सङ्ख्याभन्दा सात हजारले बढी हो ।
आव २०७३/७४ मा कुल चार लाख ४४ हजार दुई सय ५९ सवारी दर्ता भएका थिए । गत आवमा तीन लाख ४१ हजार ६ सय २३ ओटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । कुल दर्ता भएका सवारीमध्ये ८१ प्रतिशत मोटरसाइकल छन् । नेपालमा एक लाख रुपैयाँ पर्ने इलेक्ट्रिक स्कुटरदेखि ६० लाखसम्मका ‘हेभी बाइक’ बिक्री हुन्छन् । उपत्यकाको बढ्दो जामका कारण मोटरसाइकलमा आकर्षण बढ्दो छ ।
तर, सरकारले सवारीसाधनमा लगाएको उच्च भन्सार दरका कारण पनि नेपालीको आम्दानीमा मोटरसाइकल र रस्कुटर नै सहज बनेका हुन् । विभागका अनुसार अहिलेसम्म सवा २५ लाख मोटरसाइकल तथा स्कुटर दर्ता भइसकेका छन् । गत आवमा जम्मा २४ हजार तीन सय ३८ सय ओटा कार र जिप दर्ता भएका छन् ।
नेपालमा १४ लाखदेखि २५ लाखसम्मका कारको बिक्री उच्च छ । नेपाली सडकमा १४ लाखदेखि चार करोड रुपैयाँसम्मका गाडी कुद्ने गरेका छन् । सार्वजनिक यातायातका रूपमा प्रयोग गरिने बस भने एक वर्षमा दुई हजार नौ सय ७२ मात्रै दर्ता भएको छ ।
यसैगरी मिनी बस तथा ट्रक एक हजार नौ सय ७३, १२ हजार एक सय ३० डोजर, क्रेन, एस्काभेटर, ट्रक दर्ता भएको विभागको तथ्याङ्कले जनाएको छ । एक वर्षको अवधिमा एक हजार नौ सय ३४, १० हजार तीन सय ४२ पिकअप, १६ हजार दुई सय ९ ओटा टेम्पो, १३ हजार तीन सय ९६ वटा टै«क्टर पावरटिलर, दर्ता भएका छन् ।
विभागका अनुसार १२ हजार तीन सय २५ ई–रिक्सा र तीन सय ४८ अन्य सवारी दर्ता भएको विभागको तथ्याङ्क छ ।