नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भ्वाइस तथा इन्टरनेटमा दुई सेवाप्रदायक पछिल्लो समय तीव्र प्रतिस्पर्धामा छन् । प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टमा कुल ६ दूरसञ्चार कम्पनीका तीन करोड ९२ लाख २ हजार ५ सय ५४ सेवाप्रयोगकर्तामध्ये ९५ प्रतिशत सेवाग्राही नेपाल टेलिकम र एनसेलका छन् ।
नेपाल सरकारको सवामित्व रहेको नेपाल टेलिकम र निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबीच भ्वाइस र ब्रोडब्यान्ड इन्टरनेटमा होडबाजी चलिरहेको छ । नेपालका ६ दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये चार ओटालाई पछि पार्दै टेलिकम र एनसेलले कसले बढी सेवाग्राही बढाउने तथा कुन सेवाप्रदायक कम्पनीले उपभोक्ताको मन तान्ने भन्ने विषयमा प्रतिस्पर्धा चलेको छ ।
दूरसञ्चार सेवा क्षेत्रमा नेपाल टेलिकम र एनसेलबीच तीव्र प्रतिस्पर्धा छ । निजीक्षेत्रको एनसेल र सरकारी स्वामित्वको टेलिकममध्ये कुन अब्बल भन्ने बहस समयसमयमा उठ्ने आएको पनि छ । विगतदेखि अहिलेसम्म आधार मान्ने हो भने निजीक्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल बढी कर भुक्तान गर्ने कम्पनीमा पर्छ । यसले आर्थिक वर्ष ०६९/७० र ०७०/७१ मा उत्कृष्ट करदाताको सम्मान पनि पाएको थियो । त्यस्तै नेपाल टेलिकम दूरसञ्चार क्षेत्रको दोस्रो ठूलो करदाता हो । क्षेत्रगत सुविधा विस्तार बढी गरेको भए पनि टेलिकमले कर भने एनसेलको तुलनामा थोरै तिर्ने गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भ्वाइस तथा इन्टरनेटमा दुई सेवाप्रदायक पछिल्लो समय तीव्र प्रतिस्पर्धामा छन् । प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टमा कुल ६ दूरसञ्चार कम्पनीका तीन करोड ९२ लाख २ हजार ५ सय ५४ सेवाप्रयोगकर्तामध्ये ९५ प्रतिशत सेवाग्राही नेपाल टेलिकम र एनसेलका छन् ।
पछिल्लो समय नेपाल टेलिकमले प्रयोगकर्ता दु्रत गतिमा बढाइरहेको छ भने एनसेलका सेवाग्राही गिरावट आइरहेका छन् । जसमा नेपाल टेलिकमले आर्थिक वर्ष २०७४÷७५ मा भ्वाइस सेवातर्फ एक करोड ९९ लाख ८० हजार पाँच सय २० पुर्याएको छ भने निजी सेवाप्रदायक कम्पनी एनसेलले एक करोड ६५ लाख १३ हजार आठ सय ५९ सेवाग्राही थपेको छ । एनसेलको यो सङ्ख्या टेलिकमको भन्दा ३४ लाखले कम हो । त्यसमध्ये अन्य दूरसञ्चार सेवाप्रदायक यूटीएल, एनएसटीपीएएल, एसटीपीएल र अन्यका सेवाग्राही २७ लाख ८१ ह्जार ८५ मात्र रहेको तथ्याङ्कले देखाएको छ ।
हाल नेपालमा मोबाइल सेवा प्रदायकको बजार हिस्सा मात्रै १ सय ३० दशमलव ८९ प्रतिशत पुगेको छ । फिक्स ल्यान्डलाइन टेलिफोनको हिस्सा भने जम्मा २ दशमलव ९४ प्रतिशत छ । हाल नेपालमा मोबाइल प्रयोगकर्ता तथा सेवाप्रदायकले वितरण गरेको सिम ३ करोड ८३ लाख ३९ हजार छ । यसमा सबैभन्दा बढी नेपाल टेलिकमको सिम प्रयोगकर्ता छन् ।
टेलिकम कतिपय सरकारी नियमकानुन तथा प्रक्रियामा अल्झिनुपर्ने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । यसले गर्दा उचित समयमा उचित निर्णय लिन नसक्द कतिपय कुरामा आफूहरु पछाडि परेको उनको भनाइ छ । उनका अनुसार अहिले टेलिकमले विभिन्न सेवा, अफरगायत थुप्रै सेवा दिइरहेकाले पनि नेपालीमा टेलिकमप्रतिको मोह बढेको उनले जानकारी दिइन् ।
टेलिकमको सेवा सध्र्रिएको दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले बताए । सेवाप्रदायक प्रतिस्पर्धामा जानु कुनै नौलो कुरा नभएको उनको भनाइ छ । तर यस्ता कमजोरीलाई सुधार गरेर व्यापारको प्राइम ग्रुपका रुपमा कर्पोरेट तहमा जाने र नयाँ सेवासुविधाको विस्तार तीव्र रुपमा अगाडि बढाउने योजनामा टेलिकम रहेको वैद्यले बताइन् । सामान्य पूर्वाधार खर्चबाहेक ठूलो खर्चको भार नभएकाले पनि राजस्वमा योगदान केही थोरै भएको वैद्यको भनाइ छ ।
त्यसैगरी इन्टरनेट ब्रोडब्यान्डमा पनि दुई सेवाप्रदायक कम्पनीबीच नै चर्को प्रतिस्पर्धा छ । नेपाल टेलिकमको ब्रोडब्यान्ड इन्टरनेट पनि बढ्दो क्रममा छ । नेपालभर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच आधा जनसङ्ख्मा पुगेको छ, जसमा कुल एक करोड ४९ लाख ८१ ह्जार ५ सय ८० जनामा ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ । टेलिकमले फिक्सड ब्रोडब्यान्ड (वायर्ड), फिक्स्ड ब्रोडब्यान्ड वायेरलेस, मोबाइल ब्रोडब्यान्ड गरी ६५ लाख ४० हजार सात सय जनाको पहुँचमा ब्रोडब्यान्ड इन्टरनेट पु¥याएको छ । एनसेलले भने ६१ लाख ९८ हजार ९८ हजार आठ सेवाग्राही छन् । त्यस्तै यूटीएलका ६३ हजार दुई सय तीन, एसटीपीएलका ४१ हजार तीन सय एक र आईएसपीका सेवाग्राही २२ लाख २६ हजार पाँच सय १५ छन् । नेपाल टेलिकम र एनसेलपछि तेस्रोमा इन्टरनेट सेवाप्रदायक छ ।
प्रतिशतका आधारमा हेर्ने हो भने फिक्स्ड ब्रोडब्यान्ड वायर्ड १० प्रतिशत मात्र छ । ब्रोडव्यान्ड बायरलेस एक दशमलव चार प्रतिशत मात्र जनसङ्ख्याको पहुँचमा छ । त्यस्तै मोबाइल ब्रोडब्यान्ड भने बढी छ । मोबाइल ब्रोडब्यान्ड जनसङ्ख्याको ३९ प्रतिशतसम्म पुगेको छ ।
एनसेलले ३० सहरमा फोरजी विस्तार गरिसक्दा पनि भने जस्तो ब्रोडब्यान्ड इन्टरनेट नदिएको भन्दै टेलिकमले सातै प्रदेशमा फोरजी विस्तार गरे ठूलो फड्को मार्ने प्रवक्ता वैद्यको दाबी छ ।