फोरजी विस्तारमा चम्किँदै एनसेल, टेलिकम भने नेतृत्वकै पर्खाइमा

नेपाल टेलिकम निजी सेवाप्रदायकभन्दा आधा प्रयोगकर्ताले पछि परिरहेको छ । टेलिकमका गत असारसम्म ६ लाख पाँच हजार सात सय प्रयोगकर्ता छन् । नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले टेलिकमको नेतृत्व बाहिरिएका कारणले पनि यस्तो अवस्था सिर्जना भएको बताए । सरकारको स्वामित्वमा रहेकाले सरकारी झन्झट, नीतिनियम तथा प्रक्रियागत हिसाबमा जानुपर्ने भएकाले पनि फोरजी विस्तारमा समस्या भएको उनले जानकारी दिए ।

नेपाल सरकारको स्वामित्व रहेको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) फोरजी विस्तार नभएको भन्दै पदमुक्त भई नयाँ नेतृत्वको पार्खाइमा रहँदा निजी दूरसञ्चार कम्पनी एनसेल भने फोरजी विस्तारमा तीव्रतासाथ लागिपरेको छ ।

सरकारले फोरजीलगायत अन्य व्यवस्थापन नगरेको भन्दै कार्यकारी निर्देशक कामिनी राजभण्डारी पदमुक्त भइन् । तर, अहिले टेलिकम नेतृत्वविहीन हुँदा फोरजीलगायत अन्य परियोजनासमेत अलपत्र परेका छन् । टेलिकम अहिले कुन बाटो जाने भन्नेमा अलमलमा छ । उचित कार्यसम्पादन तथा सम्झौताबमोजिम काम नभएको भन्दै पदविहीन बनाइएको सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गरुङले जनाए ।

उता निजी सेवप्रदायक कम्पनी एनसेलले नेपाल टेलिकमको भन्दा दोब्बर सेवा पुर्याउँदै देशका झन्डै तीन दर्जन सहरमा फोरजी विस्तार गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको गत आर्थिक वर्ष एमआईएस रिपोर्ट हालै सार्वजनिक गर्दै कुल १७ लाख ७० हजार चार सय ४० जना फोरजी प्रयोगकर्तामध्ये एनसेलका मात्रै ११ लाख २३ हजार तीन सय ४८ सेवाग्राही छन् । एन्सेलले एक जेठ र असारको बीचमा झन्डै एक लाख फोरजी सेवाग्राही थपेको छ । एनसेलले जेठसम्म १० लाख ७९ हजार जनामा फोरजी सेवा पुर्याएको थियो ।

अर्कोतर्फ नेपाल टेलिकम निजी सेवाप्रदायकभन्दा आधा प्रयोगकर्ताले पछि परिरहेको छ । टेलिकमका गत असारसम्म ६ लाख पाँच हजार सात सय प्रयोगकर्ता छन् । नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले टेलिकमको नेतृत्व बाहिरिएका कारणले पनि यस्तो अवस्था सिर्जना भएको बताए । सरकारको स्वामित्वमा रहेकाले सरकारी झन्झट, नीतिनियम तथा प्रक्रियागत हिसाबमा जानुपर्ने भएकाले पनि फोरजी विस्तारमा समस्या भएको उनले जानकारी दिए ।

अहिले टेलिकमले काठमाडौं र पोखरामा मात्र फोरजी सेवा विस्तार गरेको छ । उनले नयाँ नेतृत्वको आगमनले यो कार्यले पुनः निरन्तता पाउने उनको विश्वास छ । त्यस्तै एसटीपीएले ४१ हजार तीन सय एक जनामा फोरजी सेवा पुर्याइसकेको छ । त्यस्तै देशभरबाट नेपाल टेलिकम र एन्सेलका थ्रीजी प्रयोग गर्ने मात्रै ९५ लाख १० हजार दुई सय १९ पुगिसकेको प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले टेलिकमले सार्वजनिक खरिद ऐनलाई पालना गरेर काम गर्नुपर्ने भएकाले सरकारी प्रक्रियाले नै काम अघि बढ्न नसकेको बताए । एनसेलले कुनै बाधा अवरोधका साथ दूरसञ्चार उपकरणलगायत सम्पूर्ण कार्य गर्ने भएकाले पनि ऊ अघि परेको उनको भनाइ छ ।

तर टेलिकमले राष्ट्रव्यापी रूपमा फोरजी विस्तार गर्न लागेको बताउँदै उनले टेन्डर प्रक्रिया अन्तिम भई काम अघि बढिसकेको उनको भनाइ छ । ‘टेलिकमले देशव्यापी रूपमा फोरजी विस्तार गरेपछि एनसेलसमेत पछि पर्छ’, उनले भने ।