श्री एयरलाइन्स जसले एक वर्षमै ५० प्रतिशत भाडा घटायो

सन् २०१७ को अगस्टदेखि श्रीका जहाज सञ्चालनमा आएका थिए । त्यसअघि १५ महिनाभन्दा बढी सरकारी झमेला सहेर उडान सुरु गरेको श्री एयरलाइन्सका जहाज नेपाली आकाशमा उड्न थालेपछि जहाजको भाडा सस्तिँदै गएको हो । श्रीको प्रवेशअघि बुद्ध र यति एयरले उडान भरेका ठाउँमा श्रीको प्रवेशपछि भाडा घटेको हो ।

नेपाली आकाशमा श्री एयरलाइन्सको ‘फिक्स्ड विङ’ आएको एक वर्षमै चामत्कारिक रुपमा हवाई भाडा घटेको छ । हवाई क्षेत्रमा श्रीको प्रवेशपछि ६ गन्तव्यमा हवाईभाडा ५० प्रतिशतसम्म घटेको हो ।

एक वर्षअघि सर्वसाधारणको पहुँचबाहिर देखिएको जहाजको यात्रा अहिले बढ्न थालेको छ । सन् २०१७ को अगस्टदेखि श्रीका जहाज सञ्चालनमा आएका थिए । त्यसअघि १५ महिनाभन्दा बढी सरकारी झमेला सहेर उडान सुरु गरेको श्री एयरलाइन्सका जहाज नेपाली आकाशमा उड्न थालेपछि जहाजको भाडा सस्तिँदै गएको हो । श्रीको प्रवेशअघि बुद्ध र यति एयरले उडान भरेका ठाउँमा श्रीको प्रवेशपछि भाडा घटेको हो ।

श्री एयरलाइन्सको ४ ओटा बम्बार्डियर सीआरजेका जहाजले ६ गन्तव्यमा सस्तोमा उडान भर्न सुरु गरेपछि अरु एयरलाइन्सले पनि बाध्य भएर भाडा घटाएका छन् । श्रीको प्रवेशपछि ६ हजार भाडा रहेको भद्रपुर २५ सयदेखि ४ हजार, ४ देखि ५ हजार रहेको विराटनगरको भाडा २२ सयदेखि ३ हजार, ५५ सयदेखि ६ हजार रहेको भैरहवाको भाडा २८ सयदेखि ३५ सय, ६५ सयदेखि ८ हजार रहेको नेपालगञ्जको भाडा ३ हजारदेखि ५५ सय, १० हजारदेखि १२ हजारसम्म रहेको धनगढीको भाडा अहिले ४ हजारदेखि ६ हजार रुपैयाँसम्म छ । श्री एयरलाइन्सले अहिले ३५ सय भाडामा राजविराज उडान सुरु गरेको छ ।

श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल जहाजको यात्रा सबैलाई सहज होस् र सबैको पहुँचमा पुगोस् भनेर सस्तोमा सेवा दिएको बताए । ‘हामी सबै नेपालीको पहुँचमा जहाजको यात्रा पुगोस् भन्ने चाहन्छौं त्यसैले कम नाफा राखेर उडान गरिरहेका छौं,’ उनले भने, ‘अहिले जति उडान गरिरहेका छौं, त्यहाँका यात्री लाभान्वित हुनुभएको छ ।’

श्रीसँग बम्बार्डिएरको ५० सिटको २ ओटा र ७० सिटको २ ओटा जहाज छन् । श्रीले दसैंअघि नै पोखरा, भरतपुर, जनकपुर, सिमरा र सुर्खेतमा उडान भर्ने तयारी गरे पनि नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुमति नदिँदा उडान भर्न सकेको छैन । श्रीले पोखरा उडान सुरु गरेपछि २२ सयदेखि २८ सय रुपैयाँसम्मको भाडा कायम हुने कम्पनीले जनाएको छ । नयाँ गन्तव्यमा उडान भर्नका लागि श्रीले बम्बार्डियरकै ८ क्यू ४०० को २ जहाज ल्याउने अन्तिम तयारी गरेको छ ।

श्री एयरलाइन्सले एक वर्षमा ३ लाख ६५ हजार यात्रुलाई उडाइसकेको छ । श्रीएयरलाइन्स हेकिप्टरमार्फत् उड्डयन व्यवसायमा अगाडि बढेको हो । हेलिकप्टर व्यवसायमा श्री नेपालको पायोनियर हवाई सेवा मानिन्छ ।