दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी खरिद गर्न तथा त्यस विषयमा जानकारी लिन नाडा अटो सो उपयुक्त स्थान हो । उपभोक्ताले गाडी तथा मोटरसाइकल खरिद गर्न, व्यवसायीले नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक गर्ने र उपभोक्तालाई जानकारी दिने गरी नाडा अटो सो आयोजना हुँदै आएको छ ।
मङ्गलबार देखि सुरु भएको नाडा अटो सोको १३औं संस्करण आइतबार सम्पन्न हुँदै छ । भृकुटीमण्डपमा चलिरहेको सवारीसाधनको महाकुम्भ मेला आज समाप्त हुँदै गर्दा व्यवसायी गाडीको प्रदर्शन तथा बिक्री गराउनमै व्यस्त छन् ।
दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी खरिद गर्न तथा त्यस विषयमा जानकारी लिन नाडा अटो सो उपयुक्त स्थान हो । उपभोक्ताले गाडी तथा मोटरसाइकल खरिद गर्न, व्यवसायीले नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक गर्ने र उपभोक्तालाई जानकारी दिने गरी नाडा अटो सो आयोजना हुँदै आएको छ ।
यसै सन्दर्भमा हरेक कम्पनीका गाडी कोही न कोही उपझोक्ताले बुकिङ गरिसकेका छन् भने अझै बाँकी समयमा गाडी खरिद गर्ने तथा अवलोकन गर्ने थपिने क्रम बढ्दो छ । प्रत्येक कम्पनीका सवारीसाधनमा थोरैमा सातदेखि बढीमा ८५ जनासम्मले बुकिङ गराएको सम्बद्ध कम्पनीले जानकारी दिएका छन् ।
सवारीसाधनको कुम्भमेलामा विशेषगरी हुन्डाई, जिप, निसानलगायतका ब्रान्ड बढी रुचाइएका छन् । त्यस्तै यो पटकको अटो मेला विद्युतीय सवारीमय भएकाले पनि आकर्षक छ । बाइकहरुमा नाडा अटो सोमै पहिलो पटक सार्वजनिक भएको इटालियन ब्रान्डका एसडब्ल्यूएम, टीभीएस अपाचे, यामाहा तथा टेकेन्स बाइक सर्वाधिक रोजाइमा परेको व्यवसायीको भनाइ छ ।
नाडा अटो साको अन्तिम दिनसम्म निसानका विभिन्न मोडल गरी जम्मा ८५ जनाले गाडी बुकिङ गरिसकेको कम्पनीका सेल्स माकेर्टिङ अफिसर सुशील देवकोटाले जानकारी दिए । उनका अनुसार बुकिङमा परेका गाडीमध्ये टियागो बढी रोजाइमा परेको उनको भनाइ छ । त्यसैगरी फ्रोडफ्रिस्टाइका कार ६० ओटा बुकिङ भइसकेका छन् । स्टाइलिस्ट लुक्स, स्पोर्टी र आकर्षक फिचरका कारण पनि फोर्डको गाडी अत्यधिक रुचाइएकोे कम्पनीका सेल्स हेड युवराज सिटौलाले जानकारी दिए ।
नाडा अटो सोमा प्यासन ड्राइभ्स कम्पनीका २० ओटा, पायोनियर, डाटसनको ३ सय ५०, टायोटाका ६० विजय मोटर्सका १० ओटा सस्ता महँगा गाडी खरिद गर्न बुकिङ भइसकेको व्यवसायीको भनाइ छ । विशेषगरी खरिद गर्न आउनेभन्दा पनि अवलोकन र मनोरञ्जनका लागि मानिसको बढी भीड हुने भन्दै बेलुकासम्म केही बुकिङ हुने विश्वास लिएको व्यवसायी बताउँछन् ।
अटो सोको मूख्य आर्कषण भएको जिप ब्रान्ड अपेक्षाभन्दा बढी बुकिङ भएको कम्पनीको भनाइ छ । नयाँ ब्रान्ड सबैको मनमा बसिसकेकाले पनि यो ब्रान्ड नेपालमा धेरै रुचाइएको अटो सोका संयोजक निराकार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै साङयोङ कम्पनीका पनि १५ ओटा गाडी खरिद गर्ने सम्झौता भइसकेको सुवास थापाले बताए । स्कोडाका २०, रेनल्ट कारमा ५५ ओटा, महिन्द्राको नयाँ विद्युतीय कार सर्वाधिक ९ ओटा बुकिङ भइसकेको र अन्य डिजेल बाट चल्ने गरी कुल ८० ओटा बिक्री भइसकेको मार्केटिङ हेड सुवास तामाङको भनाइ छ । नाडा अटो सोमा होन्डाका २० भन्दा बढी, पोग्योटका सात ओटा गाडी अग्रिम बुकिङ भइसकेका छन् । हुन्डाई र सुजुकीको पनि अपेक्षाभन्दा बढी बिक्री भएको व्यवसायीले बताए ।
त्यसैगरी नाडा अटो सोको मुख्य आकर्षणमध्ये नयाँ मोटरसाइकल पनि हो । जसमा होन्डा, केटीएम, अपाचे, बेनेली र नयाँ ब्रान्ड एसडब्ल्यूएम अटो सोका आकर्षक मोडलमध्ये पर्छन्, जसमा एसडब्ल्यूएमका नौ ओटा बाइक, यूएमका ३५ बाइक अटो सोबाटै अग्रिम बुकिङ भइरहेको छ । नयाँ ब्रान्ड, आकर्षक फिचरका कारण पनि अटो सोमा सर्वाधिक रोजाइमा परेको एसडब्ल्यूएमका निर्देशक दीपेश श्रेष्ठको भनाइ छ । होन्डा, अपाचे, केटीएमलगायतका ब्रान्ड खरिद गर्न आउने ग्राहकलाई सोरुममै पठाउने गरेको व्यवसायीको भनाइ छ ।
विद्युतीय स्कुटर, टेकन्स डर्टबाइक पनि खरिदकर्ताका लागि रोजाइमै परेका छन् । विद्युतीय स्कुटर एनआईयू ब्रान्ड नाडा अटो सोको अवधिमा ३० ओटासम्म बुकिङ भएको व्यवसायी बताउँछन् ।