कर्पोरेट क्षेत्रसँगको साझेदारीमा बैङ्कहरुको चाडपर्व अफर

चाडपर्वको समयमा सामान किन्दा ठूलो धनराशि बच्नुका साथै पुरस्कार जित्ने अवसर पनि हुने भएकाले ग्राहक लाभान्वित भएका हुन् । सेवाग्राहीले चाडपर्वको समयमा धेरै सामान किन्ने भएकाले यस प्रकारको अफर उनीहरुका लागि पनि फलदायी हुने गरेको छ ।

कर्पोरेट क्षेत्रसँगको साझेदारीमा बैङ्क तथा वित्तीय कम्पनीले चाडपर्वलाई लक्ष्य गर्दै विभिन्न योजना सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरुले आफ्ना ग्राहकलाई आकर्षित गर्न विभिन्न प्रकारका छुट अफर सार्वजनिक गरेका हुन् । चाडपर्व अफरले बैङ्कले ग्राहकलाई आर्कषित गर्छन् भने कर्पोरेट क्षेत्रले आफ्नो व्यापार बढाउने गर्छन् ।

अफर योजनामा ठूला वाणिज्य बैङ्कले दसैंका लागि सामान किन्ने ग्राहकलाई लक्ष्य गरेका छन् । कम्पनीले रेमिट्यान्स भिœयाउँदादेखि लिएर ठूला स्टोर तथा ब्रान्डेड कमपनीका सामान किन्दा तथा मोबाइल किन्दा तोकिएको छुटको अवसर मिलाएका छन् । यस योजनामा बैङ्कले ठूला तथा नाम चलेका कर्पोरेट समूहसँग साझेदारी गर्ने गरेका छन् । कम्पनीहरुले विगतमा पनि दसैंतिहारलक्षित यस्तै प्रकारका छुटको अफर घोषणा गर्थे । दसैंको समयमा धेरै व्यापार हुने भएकाले कर्पोरेट कम्पनीले सक्दो सदुपयोग गर्नका लागि छुटको अवसर दिने गरेका छन् । चाडपर्व लक्षित छुट कर्पोरेट कम्पनी आफैंले पनि सार्वजनिक गर्ने गरेका छन् ।

पहिलेदेखि नै १ रुपैयाँमा मोबाइल फोन उपलब्ध गराउँदै आएको इजी मोबाइल केयरले ‘बैङ्कको कार्ड देखाउनुस्, शून्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ भन्ने नाराका साथ चाडपर्व अफर सार्वजनिक गरेको छ । ८ वाणिज्य बैङ्कसँग सम्झौता गरेको कम्पनीले ग्लोबल आईएमई, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट, मेगा, नबिल, सेन्चुरी, माछापुच्छ«े र कुमारी बैङ्कका कार्ड भएका ग्राहकलाई किस्ताबन्दीमा मोबाइल उपलब्ध गराउनेछ । उक्त किस्ताबन्दीको कुनै ब्याज लाग्नेछैन भने ग्राहकले बाँकी रकम ६ महिनादेखि १८ महिनाभित्रमा चुक्ता गर्नुपर्नेछ ।

बैङ्क अफ काठमान्डूले दसैंतिहार अफर सार्वजनिक गर्दै आफ्ना कार्डवाहक ग्राहकलाई छुटको व्यवस्था गरेको छ । कम्पनीले डेबिड/क्रेडिट कार्ड भएका ग्राहकलाई ग्रान्डी हस्पिटलमा उपचार गर्दा ७ दशमलव ५ प्रतिशत, एलजी लाइफस्टाइल र सीजी डिजिटलको सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र दरबारमार्गको सुलक्स स्टोरबाट सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ ।

आईएमई रेमिटले चाडपर्वलाई लक्ष्य गर्दै ‘दसैंमा २० लाख’ योजना सार्वजनिक गरेको छ । योजनाबाट सेवाग्राहीले प्रत्येक दिन १० लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन् । यस योजनामा लक्की ड्रबाट छानिएकालाई विभिन्न खाले पुरस्कारका साथै हरेक महिना १ जनालाई १ लाख नगद तथा बम्परमा १ जनालाई २० लाख रुपैयाँसम्मको उपहार पाउनेछन् ।

यस्तै एनआइसी एसियाले दसैंतिहारका लागि चाडपर्व योजना सार्वजनिक गर्दै घरेलु रेमिटमा प्रत्येक चौथो कारोबार निःशुल्क पठाउन सकिने योजना ल्याएको छ । एनआईसीको यस योजनाअन्तर्गत आन्तरिक रेमिटमा ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउँन सकिने व्यवस्था गरिएको छ । बैङ्कले सार्वजनिक गरेको यस योजना मङ्सिरसम्मका लागि लागू हुने जनाएको छ ।

सानिमा बैङ्कले ग्राहकलाई आकर्षित गर्न मोबाइल दक्षिणा योजना सुरुवात गरेको छ । यस योजनाबाट दसैंमा टीका लगाई दक्षिणा दिन सानिमा बैङ्कको सजिलो ई–बैङ्किङमर्फत फण्ड ट्रान्सफर, टपअप रिचार्ज, ई–सेवा लोड र बिल पेमेन्ट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सार्वजनिक गरेको योजनबाट कारोबार गर्ने एक भाग्यशाली विजेतालाई समसुङ जे सेभेन मोबाइल फोन दिइने कम्पनीले बताएको छ ।

यस प्रकारको छुटको अफबाट सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरेका छन् । चाडपर्वको समयमा सामान किन्दा ठूलो धनराशि बच्नुका साथै पुरस्कार जित्ने अवसर पनि हुने भएकाले ग्राहक लाभान्वित भएका हुन् । सेवाग्राहीले चाडपर्वको समयमा धेरै सामान किन्ने भएकाले यस प्रकारको अफर उनीहरुका लागि पनि फलदायी हुने गरेको छ । बैङ्कले घोषणा गरेको अफर सदुपयोग गर्न आफू त्यस बैङ्कको ग्राहक भएको प्रमाण देखाउनुपर्छ ।