अहिले सपिङसेन्टरहरुले १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । कुनै पसलमा ठूलो ब्यानरमा पाँच सयको तीन ओटासम्म लिन सकिने बताइएको छ । त्यस्तै काठमाडौं महानगरपालिकाले आज घटस्थापनाको दिनदेखि राजधानीका फुटपाथमा समेत २४सै घण्टा पसल राख्न दिने भएको छ ।
आजबाट दसैंको रौनक छाएको छ । दसैंको माहोल बढिरहँदा किनमेल गर्नेको भीडभाड हुने राजधानीका सपिङसेन्टहरुमा कतै छुटै छुटको अफर चलिरहेको छ भने कुनैमा एक किन्दा दुई पाइन्छ त कुनै पसल सुनसान व्यापार नभएको अवस्था छ ।
यतिबेला काठमाडौंका सुनधारा, न्युरोड, नयाँ बसपार्क, कोटेश्वर, बानेश्वर तथा चाबहिललगायतका धेरै स्थानमा रहेका ठूला सपिङसेन्टरमा दसैं–तिहारका विभिन्न छुट अफर चलिरहेका छन् । अहिले सपिङसेन्टरहरुले १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । कुनै पसलमा ठूलो ब्यानरमा पाँच सयको तीन ओटासम्म लिन सकिने बताइएको छ । त्यस्तै काठमाडौं महानगरपालिकाले आज घटस्थापनाको दिनदेखि राजधानीका फुटपाथमा समेत २४सै घण्टा पसल राख्न दिने भएको छ । यो सुविधाको मौका छोप्दै दसैंमा सिजनल व्यापार गर्ने व्यापारीले फुटपाथमा विभिन्न सामग्री बिक्री गर्ने गरेका छन् ।
कमलपोखरीस्थित सिटीसेन्टरको फेसन नामक पसलमा कपडा खरिद गर्ने ग्राहकका लागि २० प्रतिशत छुट दिइएको छ । त्यस पसलका व्यापारी सरोज महर्जनले महँगादेखि सस्ता किसिमका लुगामा १५ देखि २० प्रतिशतसम्म छुट दिएको बताए । आजबाट व्यापार बढ्ने उनको भनाइ छ । सरोज भन्छन्, ‘अहिले पसलको व्यापारभन्दा ग्राहक फुटपाथतिर बढी आकर्षित भएका कारण पनि सपिङ मलतिर त्यति चहलपहल नभएको हो ।’
सपिङसेन्टरमा किनमेल गर्दा हातखाली नहुने उपहारदेखि बम्परमा मोबाइल, ल्यापटप, आईफोन, मोटसाइकल जस्ता उपहार पाइने भएपछि ग्राहक थपिँदै गएका छन् । पछिल्लो समय यस्ता सपिङ सेन्टरमा युवा पुस्ता बढी आउने गरेको व्यापारीहरुको भनाइ छ । राजधानीका हरेक व्यापारिक केन्द्र सभिलमल, सिटीसेन्टर, राइजिङ् मल, काठमाडौं ट्रेड सेन्टरमा दसैंको रमाइलोले छोपिसकेको छ ।
काठमाडौंको मुख्य सपिङमलको रुपमा परिचित सिभिलमलमा यतिबेला दसैंको रौनक पसिसकेको छ । त्यहाँ ठूला मानिसदेखि बच्चासम्मका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान तथा खेलौनालगायतका अन्य सामानको खरिदमा १० देखि ३० प्रतिशतसम्म बम्पर डिस्काउन्टको व्यवस्था गरिएका छन् ।
त्यस्तै अन्य मल तथा सपिङ्सेन्टरभन्दा सिटीसेन्टरमा व्यापारिक तथा मनोरञ्जनात्मक तामझाम बढी छ । आधुनिक भवन, सेवासुविधा तथा अन्य मलभन्दा फरक भएका कारण पनि सिटीसेन्टर सबैको रोजाइमा पर्दै आएको छ । सिटीसेन्टरमा पसललै पिछे छुट्टा छुटै दशैं योजना तथा छुट अफर बाहिर टसाएर ग्राहकलाई आकर्षण गराएका छन् । कुनै पसलमा व्यापारीले सामान खरिदमा ५० प्रतिशतसम्म छुट दिएका छन् भने कुनैले १५ प्रतिशतसम्म मात्र दिएका छन् ।
सिटीसेन्टरको तेस्रो तलामा रहेको टी २४ नम्बरको फेसन वर्डले भारी डिस्काउन्टको व्यवस्था गरेको छ । एउटा सामान किन्दा ५० प्रतिशत छुट पाइने र विषेशतः महिलाका लागि आवश्यक पर्ने कपडादेखि पुरुषका लागिसमेत सबै प्रकारका सर–समान उपलब्ध छन् ।
दसैंका बेला प्रत्येक वर्ष आयोजना हुँदै आएको भुकुटीमण्डप जुत्ता मेलामा पनि यतिबेला निकै ठूलो भीडभाड छ भने भृकुटीमण्डपभित्र पनि मानिसको चाप अत्यधिक बढ्दै गएको छ ।