अहिले चलिरहेका यातायात समितिको कम्पनी मोडलमा जान नमानिरहेका बेला मयूरले भने आईपीओ निष्कासनको तयारी गरेको हो । यतिबेला मयूर यातायात सेयर निष्कासनका लागि आवश्यक प्रक्रिया पुर्याउन लागि परेको कम्पनीले जनाएको छ ।
प्राथमिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने पहिलो यातायात कम्पनीका रुपमा मयूर यातायातले प्रक्रिया सुरु गरेको छ । कम्पनीले तिहारलगत्तै आईपीओ निष्कासनका लागि तयारी गरिरहेको छ । यदि मयूर यातायातले धितोपत्र बोर्डबाट अनुमति पाएर आईपीओ निष्कासन गरेमा सर्वसधारणमा सेयर निष्कासन गर्ने पहिलो यातायात कम्पनी बन्ने छ ।
अहिले चलिरहेका यातायात समितिको कम्पनी मोडलमा जान नमानिरहेका बेला मयूरले भने आईपीओ निष्कासनको तयारी गरेको हो । यतिबेला मयूर यातायात सेयर निष्कासनका लागि आवश्यक प्रक्रिया पुर्याउन लागि परेको कम्पनीले जनाएको छ ।
मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले कम्पनीले अहिले सार्वजनिक कम्पनीमा जान आवश्यक प्रक्रिया पूरा गर्न लागिरहेको बताए । उनले भनेअनुसार तिहारलगत्तै कम्पनीले सेयर निष्कासनको तयारी थाल्ने छ । हाल २८ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको मयूर यातायातमा बैङ्क तथा वित्तीय संस्थाले पनि लगानी गरेका छन् ।
अध्यक्ष श्रेष्ठका अनुसार मयूर यातायातले १५ देखि ५० करोड रुपैयाँबराबरको १५ देखि ५० लाख कित्तासम्म सेयर निष्कासनका लागि गृहकार्य गरिरहेको छ । उनले नेपाल धितोपत्र बोर्डमा तिहार सकिएसँगै आवेदन दिने बताए । कम्पनीले डिजेलबाट चलिरहेका बसलाई विस्थापन गर्दै विद्युतीय बस भित्र्याउने तयारी गरेसँगै आवश्यक पुँजी जुटाउनका लागि आईपीओ निष्कासन गर्न लागेको श्रेष्ठको भनाइ छ । तर, यसका लागि पहिले निजी कम्पनीबाट सार्वजनिक कम्पनीमा जानुपर्ने भएकाले त्यसको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले यातायात क्षेत्रमा यातायात समितिको दादागिरी अन्त्य गर्न पनि सेयर निष्कासन गर्नै पर्ने बताएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘हामी सार्वजनिक कम्पनीका रुपमा गएपछि सबै समितिका नाममा सञ्चालित व्यवसायीले एक पटक सोच्नै पर्ने बाध्यता आउने छ ।’