दसैंमा अन्य समयभन्दा मोबाइल व्यापार ५० प्रतिशतभन्दा बढी बिक्री हुने गरेका छन् । नयाँनयाँ आकर्षक फिचरसहितका मोबाइल सार्वजनिक भइरहँदा दसैंलाई लक्ष्य गर्दै मोबाइल व्यवसायीहरुले पनि अफर तथा छुट दिने कारण पनि मोबाइल व्यापार यो बेला डबल नै हुने गरेको हो । हरेक हप्ता, महिना कुनै न कुनै कम्पनीले उच्च फिचर भएको नयाँ ब्रान्डका मोबाइल नेपाली बजारमा सर्वजनिक गरेकै हुन्छन् । जसकारण सबैको...
दसैंमा अन्य समयभन्दा मोबाइल व्यापार ५० प्रतिशतभन्दा बढी बिक्री हुने गरेका छन् । नयाँनयाँ आकर्षक फिचरसहितका मोबाइल सार्वजनिक भइरहँदा दसैंलाई लक्ष्य गर्दै मोबाइल व्यवसायीहरुले पनि अफर तथा छुट दिने कारण पनि मोबाइल व्यापार यो बेला डबल नै हुने गरेको हो ।
हरेक हप्ता, महिना कुनै न कुनै कम्पनीले उच्च फिचर भएको नयाँ ब्रान्डका मोबाइल नेपाली बजारमा सर्वजनिक गरेकै हुन्छन् । जसकारण सबैको रहर नयाँ मोबाइलतर्फ नै बढी केन्द्रित हुने गरेको व्यवसायी बताउँछन् । अन्य समान्य समयको भन्दा दसैंतिहार जस्ता चाडमा ५० देखि ५५ प्रतिशतसम्म मोबाइल खरिदबिक्री हुने गरेको नेपाल मोबाइल व्यापार सङ्घका अध्यक्ष जगत साउदले बताए ।
कुनै एक पसलमा अघिपछिको समयभन्दा विभिन्न कम्पनीका ५० ओटा मोबाइल बिक्री हुने गरेकोमा चाडपर्वमा सय अथवा डेढ सय मोबाइल व्यापार हुने गरेको छ । साउद भन्छन्, ‘अहिले ग्राहकको रोजाइमा हालै सार्वजनिक भएका नयाँ मोबाइल नै छन् । सामसुङ, ओप्पो, हुवावे, भिभो, वानप्लस लगायतका नयाँ ब्रान्डमै उपभोक्ताको ध्यान केन्द्रित भएको छ ।
सामसुङ्ले मोबाइल खरिदमा सिङ्गापुर घुमाउने योजना ल्याइसकेको छ । यस योजनामा ग्राहकले मौकाको फाइदा उठाउँछन् भने अर्कोतर्फ उपभोक्ताले कम्पनीको अफरअनुसारको सुविधासमेत पाउने अध्यक्ष साउदको भनाइ छ ।
बजारमा अहिले मोबाइलमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट पाइने हुँदा ग्राहकहरु मोबाइल दसैंतिहार जस्तो समयमा आउने गरेको मोबाइल व्यवसायी सङ्घका सचिव गुरुदत्त शर्माले बताए । ‘हामीले ग्राहकलाई बढीभन्दा बढी छुट र सेवा दिइरहेका छौं, ग्राहक पनि निकै खुसी भएका छन्,’ उनले भने ।
विशेषगरी मोबाइल हबका रुपमा चिनिने न्युरोड, आसपास तथा ताम्राकार मोबाइल बजारको मुख्य केन्द्र भएको हुँदा यहाँ नेपालमा लन्च भएका सबै किसिमका स्मार्टफोन सबैभन्दा पहिले उपलब्ध हुने हुँदा ग्राहकहरु सोधेरै आउने गरेका सचिव शर्माको भनाइ छ ।