दसैंमा कपडापछि इलोक्ट्रोनिक्स सामानको व्यापार बढी

दसैंमा लत्ताकपडाको मागपछि ग्राहकको दोस्रो रोजाइमा विद्युतीय सामग्री पर्ने गर्छ । तिहारलाई उज्यालोको पर्वका रुपमा मनाइने भएकाले पनि माग बढेको हुन सक्छ ।

दसैं चलिरहेका बेला बजारमा इलेक्ट्रोनिक्स सामानको व्यापार बढ्दै गएको छ । चाडपर्व लक्षित गरेर भित्रिएका त्यस्ता इलेक्ट्रोनिक्स सामानको व्यापार तथा किनबेच गर्नेको बिहानदेखि बेलुकासम्म व्यापारीलाई भ्याइनभ्याइ छ । दसैं, तिहार तथा छड जस्ता चाडपर्वमा अन्य सामानको तुलनामा दोब्बर मात्रामा इलेक्ट्रोनिक्स सामग्रीको व्यापार बढेको व्यापारी अशोक भण्डारीले जानकारी दिए ।

अहिले भृकुटीमण्डपको ३ सय ३१ स्टलमा करिब पाँच वर्षदेखि इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स सामान बिक्री भइरहेको उनले बताए । आफ्नो पसलमा मात्रै साउन्ड सिस्टम टेलिभिजन, मोबाइल, ल्यापटप र क्यामेरा ग्राहकको पहिलो रोजाइ बनेको उनको भनाइ छ ।

चाडमा सबै आफन्त इष्टमित्रको जमघटसँगै रमाइलो गर्ने चाहनाका कारण पनि साउन्ड सिस्टमलगायत सामानहरुको माग बढी बढेको उनको भनाइ छ । घडीदेखि ठुल्ठूला साउन्ड सिस्टमलगायत महँगा विद्युतीय सामग्रीको बजार माग बढेको बताए ।

दसैंमा लत्ताकपडाको मागपछि ग्राहकको दोस्रो रोजाइमा विद्युतीय सामग्री पर्ने गर्छ । तिहारलाई उज्यालोको पर्वका रुपमा मनाइने भएकाले पनि माग बढेको हुन सक्ने भण्डारीको तर्क छ ।

यस्तै, अर्का इलेक्टा«ेनिक्स व्यापारी श्याम खतिवडाले पनि लत्ताकपडापछि सबैभन्दा बढी मात्रामा विद्युतीय इलेक्ट्रोनिक्स सामानको माग रहेको बताए । दसंैपछि लगत्तै आउने तिहारका लागि ग्राहकले विद्युतीय सामान यतिबेला नै खरिद गर्ने भएकाले माग बढेको उनको तर्क छ ।

दसैंमा पनि ठूला महलदेखि सुपरस्टोर तथा मठमन्दिरमा बत्ती बाल्ने चलन बसेको उनले बताए । ‘तिहारमा सबै जसो नेपालीले आफ्नो घरमा झिलिमिली बत्तीले सजाउने चलन चलेसँगै व्यापार दोब्बरले बढेको हो,’ उनले भने । खतिवडाले अन्य समयको तुलनामा माग बढी हुने भएकाले दसैंतिहारका लागि ल्याइएको विद्युतीय सामग्री स्टक बस्ने सम्भावना न्यून हुने जानकारी दिए ।

अहिले अन्य वस्तुको माग पनि बढेको छ । सपिङ सेन्टर, मल, फुटपाथसम्म इलेक्ट्रिक सामान र लत्ताकपडा किनबेच गर्ने ग्राहक भरिभराउ देखिन्छन् । कम्पनीले दसैंको अवसरमा छुट्टाछुट्टै अफर छुट दिएका छन् । अन्य विद्युतीय सामान जस्तै मोबाइल, ल्यापटप, कम्प्युटर, टीभी, झिलिमिली बत्ती, साउन्ड सिस्टम, हिटर, रेफ्रिजेरेटर (फ्रिज) लगायतका सामानहरुको माग बढेको हो ।