जुत्ता उद्योगमा अवसर, लगानी २० अर्ब पुग्यो

विदेशमा उत्पादन हुने जस्तै फिनिसिङ भएका जुत्ताचप्पल उत्पादन गर्न सके लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्छन् । त्यसैले नेपालमा स्वदेशी जुत्ता उद्योग फस्टाउँदै गएका छन् । जुत्ता, चप्पल उद्योगमा करिब २० अर्ब रुपैयाँ लगानी पुगेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

व्यवसाय गर्न चाहानु भएको छ ? त्यसो हो भने एउटा लगानीको क्षेत्र जुत्ता उद्योग पनि हुन सक्छ । किन त ? नेपालमा खपत हुने करिब ३८ प्रतिशत जुत्ता,चप्पल विदेशबाट आउने गरेका छन् । स्वदेशी उत्पादनले ६२ प्रतिशत बजारको हिस्सा ओगटिइरहेको अवस्थामा लगानी गरेर गुणस्तरीय जुत्ता उत्पादन गर्न बसे बाँकी रहेको ३८ प्रतिशत बजारको हिस्सा बढ्न सक्छ ।

विदेशमा उत्पादन हुने जस्तै फिनिसिङ भएका जुत्ताचप्पल उत्पादन गर्न सके लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्छन् । त्यसैले नेपालमा स्वदेशी जुत्ता उद्योग फस्टाउँदै गएका छन् । जुत्ता, चप्पल उद्योगमा करिब २० अर्ब रुपैयाँ लगानी पुगेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ । भूकम्पपछि खस्केको व्यापारमा केही सुधार आए पनि अहिले पनि ६२ प्रतिशतमात्र हिस्सा ओगटेको एसोसिएसनका अध्यक्ष रविनकुमार श्रेष्ठले बताए । ‘भूकम्पपछि धरासायी बनेको यो उद्योग तंग्रिने क्रममा छ,’ श्रेष्ठले भने, ‘अहिले पनि विदेशबाट जुत्ताचप्पल आइरहेका छन् ।’ विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न भने निकै चुनौती रहेको उद्योगी बताउँछन् । ‘भन्सार छलेर ल्याएका जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘अवसरसँगै चुनौती पनि उत्तिकै छ ।’

नेपाली उद्योग गुणस्तरीय र टिकाउ जुत्ता,चप्पल बनाएकाले प्रयोग गर्नेक्रम भने बढिरहेको श्रेष्ठले बताए । स्वदेशमा मात्र नभएर विदेशी बजारमा पनि नेपाली उद्योग निर्यात हुन थालेको छ । वार्षिक करिब डेढ अर्ब रुपैयाँका जुत्ताचप्पल निर्यात भएको उद्योगी बताउँछ । यहाँको जुत्ता छिमेकी मुलुक, भारत, चीन लगायत युरोपेली मुलुकमा जाने गरेको छ ।

नेपालीले वार्षिक करिब सात÷करोड जुत्ता चप्पल खपत हुने व्यवसायीको अनुमान छ । ठूलो लगानीमा करिब डेढ सय उद्योग हरेको एसोसिएसनले जनाएको छ । यस क्षेत्रमा लाखौंले रोजगारी पनि पाएका छन् ।

विगतमा घरेलु उद्योगमा रुपमा एक जनाले मात्र पनि जुत्ता बनाएर आम्दानी गर्दै आएका थिए । अहिले साना तथा ठूला लगानीका उद्योग धमाधम थपिएका छन् । नयाँ–नयाँ उद्योग आउने क्रममा रहेको एसोसिएसनका महासचिव मनोज कुमार श्रेष्ठले बताए । ‘नयाँ प्रविधि पनि भित्रिएको छ,’ श्रेष्ठले भने, ‘बजार विस्तार गर्न सके अवसर छ ।’ सरकारले यस क्षेत्रलाई व्यवस्थित बनाउन सघाए जुत्ताको आयात प्रतिस्थापन गरेर निर्यात बढाउन सकिने उद्योगी बताउँछन् । जुत्ताको बिक्री प्रवद्र्धनको लागि एसोसिएसनले समय–समयमा मेलाको आयोजना गर्ने गरेका छन् । अहिले राजधानीको भृकुटीभण्डपमा एसोसिएसनले औद्योगिक प्रर्दशनी भन्दै जुत्ता मेला आयोजना गरेको छ ।