अग्रिम भुक्तानीको ढिलाइले खिम्ती-२ मा ठेकेदारले काम थालेन

अहिले आयोजनासम्म पुग्ने बाटो, ड्याम साइज, क्याम्प, खानेपानी र ट्रान्समिसन लाइन विस्तारको काम धमाधम भइरहेको उनले जानकारी दिए । आयोजनाको मुख्य निर्माण कार्य सुरु हुनुअघि गरिने आधारभूत निर्माणका काम झन्डै ८० प्रतिशत सकिएको छ ।

खिम्ती-२ जलविद्युत् आयोजनाको मुख्य चिनियाँ ठेकेदार कम्पनी चोङजिङ वाटर टर्बाइन बक्र्स (सीडब्ल्यूटीडब्ल्यू) चाइनालाई आयोजनाले दिने १० प्रतिशत अग्रिम भुक्तानीमा भएको ढिलाइले आयोजनाको काम सुरु भएको छैन ।

झन्डै ९ अर्ब लागतमध्ये १० प्रतिशत रकम अग्रिम रुपमा आयोजनाले भुक्तानी गर्नुपर्छ । आयोजनाले एडभान्स पेमेन्टको स्वीकृतिको फाइल विद्युत् विकास विभागमार्फत ऊर्जा मन्त्रालय र ऊर्जा मन्त्रालयमार्फत राष्ट्र बैङ्कसम्म पुगे पनि स्वीकृत भई नआउँदा ठेकेदार कम्पनीलाई मुभिलाइजेसन गर्न नसकिएको आयोजनाले जनाएको छ ।

दसैंअगाडि नै आयोजनाको मुख्य काम सुरु गर्ने बताएको थियो । भुक्तानी डलरमा गर्नुपर्ने र डलरको भाउ बढेकाले पनि भुक्तानीमा समस्या देखिएको आयोजनाका इन्जिनियर रामहरि शर्माको भनाइ छ । आगामी डिसेम्बरसम्म अग्रिम भुक्तानी गरिसक्ने र निर्माण थाल्न सकिने उनले बताए ।

अहिले आयोजनासम्म पुग्ने बाटो, ड्याम साइज, क्याम्प, खानेपानी र ट्रान्समिसन लाइन विस्तारको काम धमाधम भइरहेको उनले जानकारी दिए । आयोजनाको मुख्य निर्माण कार्य सुरु हुनुअघि गरिने आधारभूत निर्माणका काम झन्डै ८० प्रतिशत सकिएको उनले बताए ।

आयोजनामा १२ किलोमिटर बाटोमध्ये १० किमि निर्माण भइसकेको छ । त्यस्तै तीनओटा पुलमध्ये एउटा सकिन लागेको र बाँकी दुई निर्माणाधीन छन् । १२ ओटा घरमध्ये ८ ओटा अस्थायी घर निर्माण भइसकेका छन् । आयोजना स्थलदेखि १० किमि ट्रान्समिसन लाइनको काम अघि बढेको छ । खानेपानी सप्लाईअन्र्तगत ८० प्रतिशत काम सकिएको छ । ३३ केभी प्रसारण लाइनमा पोल गाड्ने काम सकिएको र तार टाँग्ने तहमा काम भइरहेको आयोजनाले जनाएको छ ।

पहिलो पटक इन्जिनियरिङ, खरिद र निर्माणसम्बन्धी –ईपीसी) मोडलमा बन्ने आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) एक वर्षअघि भएको हो ।