तरकारीले दियो उपभोक्तालाई राहत

माग भन्दा बढी तरकारी उत्पादन भएर कालीमाटीमा आएकाले मूल्यमा ठूलो कमी आएको हो । ‘एक महिनाअघिसम्म किसानले लगाएको तरकारी खाने वेला भइसकेको थिएन र मूल्य बढ्यो’ उनले भने, ‘अहिले काभ्रे, धादिङ, मकवानपुर, ललितपुरलगायतका ठाउँबाट धमाधम तरकारी राजधानी भित्रिएकाले मूल्य कमी भएको हो ।’

एक महिनाको अवधिमा तरकारीको मूल्य ५० प्रतिशत घटेपछि उपभोक्तालाई ठूलो राहत मिलेको छ । माग अनुसार तरकारी उत्पादन हुन नसकेपछि निरन्तर आकाशिएको तरकारीको मूल्य एक महिनामा झण्डै ५० प्रतिशत भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

‘अहिले तरकारीको उत्पादन बढ्ने सिजन हो,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष काशिराज दाहालले भने, ‘उत्पादन वृद्धि हुने वित्तिकै तरकारीको मूल्य ओरालो लागेको हो ।’

उनका अनुसार माग भन्दा बढी तरकारी उत्पादन भएर कालीमाटीमा आएकाले मूल्यमा ठूलो कमी आएको हो । ‘एक महिनाअघिसम्म किसानले लगाएको तरकारी खाने वेला भइसकेको थिएन र मूल्य बढ्यो’ उनले भने, ‘अहिले काभ्रे, धादिङ, मकवानपुर, ललितपुरलगायतका ठाउँबाट धमाधम तरकारी राजधानी भित्रिएकाले मूल्य कमी भएको हो ।’

बजारका अनुसार पुस १९ गते ठूलो गोलभेडाको प्रतिकेजी मूल्य ४० देखि ४५ रुपैयाँ रहेको छ । सानो गोलभेडाको मूल्य २५ देखि ३० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । रातो आलु ३० देखि ३३ रुपैयाँ प्रतिकेजीमा कालीमाटीमा बिक्री भइरहेको छ । सेतो आलु २८ देखि ३० रुपैयाँ, प्याज सुकेको ७५ देखि ८०, गाजर ४० देखि ४५, बन्दा २५ देखि ३०, काउली स्थानीय २५ देखि ३०, काउली तराइ १८ देखि २०, मुला रातो र सेतो २५ देखि ३०, भन्टा लााम्चो तथा डल्लो २५ देखि ३०, बोडी ५५ देखि ६०, मटरकोसा ६५ देखि ७०, घिउ सिमी ४० देखि ४५, टाटे सिमी ३५ देखि ४०, तिते करेला ५५ देखि ६० रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ ।

तर, ठ्याक्कै एक महिना अघि ठूलो गोलभेडाको प्रतिकेजी मूल्य ८५ देखि ९० रुपैयाँ रहेको छ । सानो गोलभेडाको मूल्य ८० देखि ८५ रुपैयाँ प्रतिकेजीमा पाइन्छ । रातो आलु ३० देखि ३३ रुपैयाँ प्रतिकेजीमा कालीमाटीमा बिक्री भइरहेको छ । सेतो आलु २८ देखि ३० रुपैयाँ, प्याज सुकेको ८८ देखि ९०, गाजर ९५ देखि १००, बन्दा ३५ देखि ४०, काउली स्थानीय ४० देखि ४५, काउली तराइ ३० देखि ३५, मुला रातो र सेतो ३५ देखि ४०, भन्टा लााम्चो तथा डल्लो ३५ देखि ४०, बोडी ४० देखि ४५, मटरकोसा १०० देखि १२०, घिउ सिमी ५५ देखि ६०, तिते करेला ५५ देखि ६० रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको थियो ।

एक महिनाको विक्री मूल्य हेर्दा सबैभन्दा बढी मूल्य घटेको गोलभेडा हो । गोलभेडामा झण्डै ५० प्रतिशतम मूल्य घटेको छ । त्यसपछि मटरकोसाको मूल्य पनि सोही हाराहारीमा घटेको देखिन्छ । तर, केही तरकारीको मूल्य भने एक महिनाको अवधिमा खासै परिर्वतन नआएको दाहालले बताए । जुन वस्तुको उत्पादन बढी भएर बजारमा आएको त्यसको मूल्य घटेको पाइन्छ । केही तरकारीको मूल्य एक महिनाको अवधिमा पनि यथावत छ । जस्तो रातो आलु र सेतो आलुलको मूल्यमा केही परिवर्तन आएको छैन ।