अपर अरुण स्वदेशी लगानीमै बन्ने

जनताको लगानीमा आकर्षक आयोजनाका रुपमा माथिल्लो अरुण बनाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । चिलिमे जस्तै कम्पनीमा मोडलमा अपर अरुणलाई निर्माण प्रक्रियामा अगाडि बढाउन डीपीआरको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

माथिल्लो अरुण जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ । ८ सय ३० मेगावाट क्षमतामा निर्माण हुने उक्त आयोजनाको पूर्वसम्भाव्यता अध्ययनलाई पुनरवलोकन गर्ने प्रक्रियामा रहेको हो । कुल एक खर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा विश्व बैङ्कको वित्तिय सहयोगमा ‘प्रिभिजिबिलिटी स्टडी’ भइरहेको हो । आयोजनाको फाइनल रिपोर्टलाई आगामी नोभेम्बर अन्तिमसम्म अन्तिम रुप पाउने आयोजनाले जनाएको छ ।

नोभेम्बर १६ देखि २२ गतेसम्म विश्व बैङ्कको इन्जिनियर तथा प्राविधिकहरुले आयोजनाको सर्भेक्षण तथा स्थलगत अवलोकन गर्ने र त्यसपछि मात्रै आयोजनाको फाइनल रिपोर्ट आउने आयोजनाका निमित्त प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मुख्य कामलाई एक÷दुई महिनाभित्र फाइनल भइसक्ने उनको भनाइ छ । ‘आयोजनाको पूर्वसम्भाव्यता अध्ययनसम्बन्धी रिपोर्ट रिभ्यू नोभेम्बर अन्तिसम्म आइसक्छ,’ उनले भने, ‘त्यसपछि आयोजनाको क्षमता, पुँजी र अन्य प्रक्रियाहरु फाइनल हुनेछन् । आयोजनाको फाइनल रिपोर्ट रिभ्यू गर्न विज्ञ तथा प्राविधिक, विश्व बैङ्क एक्सपर्टहरु रहेका छन् । नेपाली जनताको लगानीमा बनाइने आयोजना पाँच वर्षभित्र बन्ने सरकारी लक्ष्य छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी मोडेलमा निर्माण हुने उक्त आयोजना पिकिङ रन अफ दि रिभर (नदी प्रवाहमा आधारित) हुनेछ । आम जनताको लगानीमा कम्पनी मोडलमा निर्माण हुन आयोजनाको लाइसेन्स मन्त्रिपरिषद् स्वीकृत पाइसकेको छ ।

जनताको लगानीमा आकर्षक आयोजनाका रुपमा माथिल्लो अरुण बनाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । चिलिमे जस्तै कम्पनीमा मोडलमा अपर अरुणलाई निर्माण प्रक्रियामा अगाडि बढाउन डीपीआरको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।