एक वर्षभित्र ढल्केबर सबस्टेसन ४ सय केभीमा चार्ज हुने

धनुषामा निर्माणाधीन सबस्टेसन भारतीय टेल्मस इलेक्ट्रोनिक्स कम्पनीले ठेक्का सम्झौता गरेर काम गरिरहेको छ । अहिले ढल्केबर—मुजफ्फरपुर प्रसारण लाइनमार्फत भारतबाट आयात गरिएको २ सय २० केभी पावर चार्ज सबस्टेसनमा चार्ज भइरहेको छ । ४ सय केभी क्षमतामा चार्ज भएको खण्डमा भारतबाट एक हजार मेगावाटभन्दा बढी विद्युत् लेनदेन गर्न सकिने प्राधिरकणले जनाएको छ ।

एक वर्षभित्र ढल्केबर सवस्टेसन ४ सय केभीमा चार्ज हुने भएको छ । नेपाल–भारत विद्युत् लेनदेन तथा इनर्जी बैङ्किङका हिसाबले कोसेढुङ्गा मानिएको उक्त सबस्टेसन ४ सय केभीमा स्तरोन्नति गर्ने काम भइरहेको छ । यसअघि २ सय केभी क्षमतामा चार्ज भइसकेको उक्त सबस्टेशनको मर्मतसम्भार र ट्रान्सफर्मर थप गरेपछि ४ सय केभी क्षमतामा सञ्चालन गर्न सकिन्छ ।

अहिले सबस्टेसनमा आवश्यक ३ सय १५ एमभीएका २ ओटा ट्रान्सफर्मर खरिदका लागि टेन्डर भई वित्तीय व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढाइएको नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए । उनले एक वर्षभित्र २ सय २० केभी सबस्टेसनलाई क्षमता विस्तार गरी ४ सय केभीमा चार्ज गराइसक्ने गरी तीव्र रुपमा काम भइरहेको बताए । ‘ढल्केबर सबस्टेसन ४ सय केभीमा चार्ज गर्न लाइन विस्तार, मर्मतसम्भार र ट्रान्सफर्मर थप गर्ने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘एक वर्षभित्र सबस्टेसनको काम सकी ४ सय केभीमा लाइन चार्ज गर्छौं ।’ ‘कन्सल्टेन्ट हायर’ गर्ने प्रक्रिया पनि अगाडि बढेको उनले बताए ।

धनुषामा निर्माणाधीन सबस्टेसन भारतीय टेल्मस इलेक्ट्रोनिक्स कम्पनीले ठेक्का सम्झौता गरेर काम गरिरहेको छ । अहिले ढल्केबर—मुजफ्फरपुर प्रसारण लाइनमार्फत भारतबाट आयात गरिएको २ सय २० केभी पावर चार्ज सबस्टेसनमा चार्ज भइरहेको छ । ४ सय केभी क्षमतामा चार्ज भएको खण्डमा भारतबाट एक हजार मेगावाटभन्दा बढी विद्युत् लेनदेन गर्न सकिने प्राधिरकणले जनाएको छ ।

भारतसँग इनर्जी बैङ्किका दृष्टिले ढल्केबर—मुजफ्फर प्रसारण लाइन महत्त्वपूर्ण रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तर्क छ । ‘बर्खायामको समय उत्पादन हुने विद्युत् सरप्लस गरी बैङ्किङ गर्ने र हिउँद याममा लोड कम हुने हुँदा भारतबाट यसै प्रसारण लाइनमार्फत विद्युत् ल्याउन सकिनेछ,’ घिसिङले भने । प्राधिकरणअन्तर्गतका २ सय ७० मेगावाटको आयोजनाबाट विद्युत् उत्पादन हुने र अर्को वर्ष माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत् उत्पादन भएपछि विद्युत् सरप्लस हुने उनको भनाइ छ । स्वदेशको विद्युत् मागबाहेक सरप्लस विद्युत् भारतसँग बैङ्किङ गरिने घिसिङको तर्क छ ।