अहिले बार्षिक रुपमा एउटा उद्योग २ करोड रुपैयाँ बरारबको प्याकेजिङ वस्तु खपत गर्दै आएका छन् । यसरी हेर्दा बार्षिक रुपमा ३० ओटा डेरीले ६० करोड रुपैयाँ बराबरको प्याकेजिङ वस्तु खपत गर्दै आएका छन् ।
नेपाल डेरीले ७ करोड रुपैयाँको लगानीमा प्याकेजिङ उद्योग स्थापना गर्ने भएको छ । नेपालमा डेरी उद्योगको सङ्ख्या बढ्दै गएको र प्याकेजिङ गर्ने सामानको माग वृद्धि भएकाले त्यसलाई पूरा उद्योग सञ्चालनमा ल्याउन लागेको नेपाल डेरी प्रालिका कार्यकारी अध्यक्ष हेरम्बबहादुर राजभण्डारीले जानकारी दिए ।
नेपालमा साना ठूला गरी झण्डै ५० ओटा डेरी उद्योग सञ्चालित छन् । ती उद्योग मध्ये ३० ओटा भन्दा बढी उद्योगले आइसक्रिम, दही, चोकोबारलगायतका दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएका छन् ।
उनका अनुसार अहिले बार्षिक रुपमा एउटा उद्योग २ करोड रुपैयाँ बरारबको प्याकेजिङ वस्तु खपत गर्दै आएका छन् । यसरी हेर्दा बार्षिक रुपमा ३० ओटा डेरीले ६० करोड रुपैयाँ बराबरको प्याकेजिङ वस्तु खपत गर्दै आएका छन् ।
उद्योगको मागलाई सम्बोधन गर्न डेरीले फागुनबाट अन्तिमबाट उत्पादन बजारमा ल्याउने जनाएको छ । उद्योग स्थापनाका लागि जग्गाको व्यवस्था भइसकेको छ । केही दिन पछि पूर्वाधारको निर्माण कार्य सुरु हुन्छ ।
नेपाल डेरी उद्योग सङ्घका निर्वतमान अध्यक्ष प्रदीप महर्जनले काठमाडौं डेरीले बार्षिक रुपमा ५० लाख रुपैयाँ बराबरको प्याकेजिङ वस्तु खरिद गर्ने बताए । उनका अनुसार नेपालमै यसको उत्पादन सुरु भइसकेको छ ।
दुग्ध विकास संस्थानले बार्षिक रुपमा ५ करोड रुपैयाँ बराबरको प्याकेजिङ वस्तु खपत गर्ने बताएको छ ।