ट्रेटा प्याक जुसमा गुडलाइफको इन्ट्री

कम्पनीले एक महिनाभित्र देशभर पुर्याउन व्यावसायिक उत्पादन थाल्ने जनाएको छ ।  गुडलाइफसँगै बजारमा ट्रेटा प्याकमा ४ कम्पनीका जुस उपलब्ध हुनेछन् । बजारमा यसअघि दुगड गु्रपको फ्रुटी, चौधरी गु्रपको रियो र डाबर नेपालको रियल जुसहरु छन् ।

घरेलु बजारमा आगामी गर्मीलाई लक्ष्य गरेर गुडलाइफ जुसको प्रवेश भएको छ । व्यावसायिक घराना सारडा गु्रपले जाजु गु्रपसँग मिलेर गुडलाइफ म्याङ्गो जुस बजारमा ल्याएको हो ।

गुडलाइफ फुड एण्ड वेभरेज प्रालिले उत्पादन गरेको जुस अहिले विराटनगर क्षेत्रमा बिक्री भइरहेको छ । कम्पनीले एक महिनाभित्र देशभर पुर्याउन व्यावसायिक उत्पादन थाल्ने जनाएको छ ।  गुडलाइफसँगै बजारमा ट्रेटा प्याकमा ४ कम्पनीका जुस उपलब्ध हुनेछन् । बजारमा यसअघि दुगड गु्रपको फ्रुटी, चौधरी गु्रपको रियो र डाबर नेपालको रियल जुसहरु छन् ।

संसारभर सुरक्षित प्याक मानिने ट्रेटा प्याकले पेयपदार्थलाई लामो समयसम्म पिउनयोग्य बनाइराख्ने कम्पनीले जनाएको छ । तीन महिनादेखि परीक्षण उत्पादन गर्दै आएको कम्पनीले आगामी एक महिनाभित्र व्यावसायिक उत्पादन बजारमा ल्याउने सारडा ग्रुपका निर्देशक गौरव सारडाले जानकारी दिए । ‘अहिलेसम्म परीक्षण उत्पादन गर्दै आएका छौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘आगामी एक महिनादेखि व्यावसायिक उत्पादन बजारमा ल्याउने तयारीमा जुटेका छौं ।’
६० करोड रुपैयाँको लगानीमा स्थापना भएको उद्योगले दैनिक ७ हजार ५ सय क्रेट जुस उत्पादन गर्ने सारडाले जानकारी दिए ।

‘एक क्रेटमा २०० मिलिग्रामका २४ प्याक हुन्छन्,’ उनले भने, ‘उद्योगले प्रतिदिन एक लाख ८० हजार प्याक गुडलाइफ म्याङ्गो जुस बजारमा ल्याउने छ ।’
उनका अनुसार गर्मी सिजन सुरु भएपछि कम्पनीले आक्रामक बजार विस्तार गर्ने योजना लिएको छ । ‘गर्मी मौसम नजिकिँदै गरेकाले त्यो सिजनलाई ‘फोकस’ गरेर थप बजार विस्तार गर्छौ’, उनले भने । अहिले कम्पनीको उत्पादन विराटनगरमा मात्रै सीमित छ । त्यसबाहेक अन्य ठाउँमा कम्पनीको उत्पादन बजारमा पुगेको छैन ।

कम्पनीले एकमहिनाभित्र काठमाडौं, जनकपुर, पोखरालगायतका ठाउँमा आफ्नो उत्पादन पु¥याउने लक्ष्य लिएको छ, त्यसपछि देशभर उत्पादनलाई लैजाने तयारी रहेको कम्पनीले जनाएको छ ।  २ सय मिली प्याकञमा उपलब्ध हुने जुसको मूल्य २५ रुपैयाँ राखिएको छ ।