कतिपय व्यवयासीका अनुसार अहिले सिमेन्ट तथा रडको मूल्य यसरी बढ्नु नपर्ने हो । तर, व्यवसायीले विभिन्न बाहाना देखाउँदै मूल्यवृद्धि गरेर पीडितलाई झन पिडा दिएका छन् । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा ईटाको चरम अभाव देखाएर व्यवसायीले मूल्य बढाउने तयारीमा जुटेका छन् । ईट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् ।
भूकम्पबाट घरबार विहीन बनेका पीडितलाई सिमेन्ट र रडको कृत्रिम मूल्यले थिचिरहेकै बेला ईटाको पनि मूल्यवृद्धिले झन पिडा दिने भएको छ । व्यापारीले केही दिन अघि सिमेन्ट र रडको अस्वाभाविक मूल्यवृद्धि गरेर पीडितलाई अझ पिडा थपेका थिए । अब ईटाको मूल्यवृद्धिले पीडितलाई उठ्नै नसक्ने बनाउन लागेको छ । सरकारले सिमेन्ट र रडको अस्वाभाविक मूल्यवृद्धिप्रति गम्भीर चासो लिएर अनुगमन गरिरहेकै बेला ईटा व्यवसायीले पनि मूल्यवृद्धि गर्ने तयारीमा जुटेका छन् ।
कतिपय व्यवयासीका अनुसार अहिले सिमेन्ट तथा रडको मूल्य यसरी बढ्नु नपर्ने हो । तर, व्यवसायीले विभिन्न बाहाना देखाउँदै मूल्यवृद्धि गरेर पीडितलाई झन पिडा दिएका छन् । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा ईटाको चरम अभाव देखाएर व्यवसायीले मूल्य बढाउने तयारीमा जुटेका छन् । ईट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् ।
ईटा, सिमेन्ट र डण्डीको पनि मूल्य वृद्धि गर्दा घर निर्माणमा समस्या आउने हुँदा पीडितलाई झन समस्या पर्ने भएको छ । भक्तपुर ईटा व्यवसायी सङघका भवन निर्माणको गति तीव्र भएको र स्टक ईटा सकिएकाले ईटाको अभाव भएको हो ।
सङघका अध्यक्ष नातिभाई ह्याम्बाले पुनः निर्माणको काम धेरै भएको र उपत्यका बाहिरबाट समेत अत्यधिक ईटाको माग बढेकाले मूल्य स्वत रुपमा बढ्ने भएको बताए । कोइलाको अभावका कारण नयाँ ईटा उत्पादनमा समेत प्रभाव परेको बताउँदै उनले नयाँ ईटा उत्पादन सुरु भएसँगै ईटाको अभाव कम हुने उल्लेख गरे । ईटा व्यवसायीका अनुसार अब उत्पादन हुने ईटाको मूल्यसमेत वृद्धि हुनेछ । कोइलाको मूल्य वृद्धि भएको, ढुवानी भाडामा वृद्धि भएको र नगरपालिकालाई कर तिर्नुपर्ने भएकाले ईटाको मूल्य वृद्धि हुने व्यवसायीको भनाइ छ ।
सङ्घका अध्यक्ष ह्याम्बाले कोइला र ढुवानी भाडासमेत वृद्धि भएकाले व्यवसायी मारमा परेको बताए । गत वर्षसम्म भारतबाट कोइला प्रतिटन २४ हजारमा ल्याउने गरिएकामा यस वर्ष भारतमा कोइलाको मूल्य वृद्धि भएको छ, यस वर्ष कोइला प्रतिटन २७ हजार ५०० तिर्नु परेको छ, गत वर्षसम्म कोइला ल्याउँदा ढुवानी २४ हजार थियो, यस वर्ष ढुवानीमा समेत वृद्धि गरेर एक टिप कोइलाको ढुवानी रु ३८ हजार लिएका छन्’ उनले भने ।