संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय उच्च स्रोतका अनुसार प्रत्येक बसको मूल्य २५ लाख राजस्वसहित दुई करोड रुपैयाँ परेको छ । अहिलेको खरिद ऐन तथा सम्झौता अध्ययनका लागि इलेक्ट्रिकल इन्जिनियरसहित पाँच जनाको छानबिन कमिटी बनेको थियो ।
काठमाडौं : चिनियाँ कम्पनी बीओआईडीले लुम्बिनी विकास कोषलाई झुक्याएको पुष्टि भएको छ । एडीबीको सहयोगमा विकास कोषले भित्र्याएको बसमा सम्झौताअनुसारका स्पेसिफिकेसन, गुणस्तर तथा फिचर नभएका गाडी नेपाल पठाएको स्पष्ट भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय उच्च स्रोतका अनुसार प्रत्येक बसको मूल्य २५ लाख राजस्वसहित दुई करोड रुपैयाँ परेको छ । अहिलेको खरिद ऐन तथा सम्झौता अध्ययनका लागि इलेक्ट्रिकल इन्जिनियरसहित पाँच जनाको छानबिन कमिटी बनेको थियो ।
प्रारम्भिक प्रतिवेदनले १७ ओटा ठूला त्रुटि देखाएको पर्यटन मन्त्रालयको एक स्रोतको दाबी छ । जुन अनुसारको स्पेसिफिकेसन र फिचर हुनुपर्ने सम्झौता भएको हो ती कुरामा डिफिसेन्सी भेटिएको एक अधिकारीको भनाइ छ ।
डिसेम्बर ८ मा यो त्रुटिको पत्र सम्बन्धित बीओआईडी कम्पनीलाई पठाइएको थियो । चिनियाँ कम्पनीको जवाफ प्राप्त भएपछि पनि टेक्निकल टिमले जवाफको अध्ययन गरी अन्तमा सम्झौताअनुसारको गुणस्तरका नभएकाले ती विद्युतीय बस स्वीकार नगरिएको पत्रमा उल्लेख छ ।
मन्त्रालयले तोकिएको र सम्झौताअनुसारका गाडी पठाउन र नेपाल आएका गाडी तत्काल फिर्ता लान सम्बन्धित कम्पनीलाई पत्रमार्फत् निर्देशन दिइएको स्रोतले भन्यो ।