बीवाईडी बसमाथि सरकारको गिद्धे नजर, गाडीको बटम किन एकै ठाउँमा नराखेको भन्दै फिर्ता पठायो

केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो तामझामका साथ उद्घाटन गरेका इलेक्ट्रिक बसलाई गत डिसेम्बर २४ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले उसका ५ ओटै बसको बटम एकै ठाउँमा नभएको भन्दै बीवाईडीका ती बस फिर्ता पठाएको छ ।

काठमाडौं : विश्वमा ७० प्रतिशत बजार आफ्नो कब्जामा पार्न सफल बीवाईडी (बिल्ड योर ड्रिम्स) अटो कम्पनीमाथि सरकारले गिद्धे नजर लगाएको छ ।

भारतमा कुल इलेक्ट्रिक बसको बजार हिस्सामध्ये बीवाईडीको ८८ प्रतिशत छ । त्यसैगरी, अमेरिकामा ६० प्रतिशत, बेलायतमा ९० प्रतिशत, फ्रान्समा ८० प्रतिशत र अष्ट्रेलियामा ५० प्रतिशत बजार हिस्सा ओगटेको बीवाईडीलाई नेपालमा सरकारले चलाउन अयोग्य ठहर्याउँदै फिर्ता पठाएको छ ।

केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो तामझामका साथ उद्घाटन गरेका इलेक्ट्रिक बसलाई गत डिसेम्बर २४ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले उसका ५ ओटै बसको बटम एकै ठाउँमा नभएको भन्दै बीवाईडीका ती बस फिर्ता पठाएको छ ।

बटम एकै ठाउँमा हुनु र नहुुनुले के अर्थ राख्छ ? बटम जहाँ भए पनि बसमा राखिएको बटमले काम गर्छ कि गर्दैन भन्ने कुरा महत्त्वपूर्ण हो । बटमले काम नगरेको भए गाडी फिर्ता पठाउनु स्वाभाविक हो । तर, बटम एकै ठाउँमा भएन भनेर गाडी फिर्ता पठाउनु कति उचित हुन्छ ?

त्यसैगरी, सरकारले किलोमिटरमा पनि दोष देखाएको छ । टेन्डर गर्दा एक पटक ब्याट्री चार्ज गरेपछि २०० किलोमिटर गुड्नुपर्ने उल्लेख गरेको छ । तर, बीवाईडीले एक पटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने गाडी दिएको हो । २०० किलोमिटर गुड्नुपर्नेमा २५० किलोमिटर गुड्ने बस दिनु नराम्रो होइन । तर, सरकारले किन २५० किलोमिटर गुड्ने दिएको भन्दै प्रश्न गरेको छ ।

कम्पनीले सरकारलाई बीवाईडी बसको तौल ७ हजार ४०० क्विन्टल हुन्छ भनेको थियो । तर, त्यसमा १०० क्विन्टल कम देखियो । त्यसलाई पनि आधार मानेर बस फिर्ता पठाएको हो । तर, सरकारले १०० क्विन्टल कम तौलको बस हुँदा के कुरामा असर पर्छ भन्ने उल्लेख गरेको छैन । कम्पनीका अधिकारीहरु भन्छन्, ‘नयाँ नयाँ प्रविधिको प्रयोगमार्फत् गाडी बन्ने गर्छन् । अहिले आएका सबै बीवाईडीका बसहरु कम तौलका छन् ।’

टेन्डर सूचनामा गाडीको वारेन्टी ३ वर्षसम्मको हुनुपर्ने उल्लेख गरिएको थियो । तर, कम्पनीले ५ वर्षको वारेन्टी दिएको थियो । त्यसैगरी, ५ वर्षसम्म बिक्रीपछिको सेवा दिनुपर्ने शर्त राखेको थियो । त्यसमा कम्पनीले १० वर्षसम्म बिक्रीपछिको सेवा दिने सम्झौता पठाएको थियो ।

विश्व बजारमा बीवाईडीले आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । भारतलगायत विश्वका धेरै देशमा बीवाईडीले आफ्नो फ्याक्ट्रीसमेत खोलिसकेको छ । युरोप, अमेरिकालगायत भारतले पनि आगामी सन् २०३० पछि विद्युतीय सवारीसाधन सञ्चालन गर्ने नीति बनाइसकेका छन् । नेपालमा विद्युतीय सवारी आए पनि सरकारको नीतिका कारण चल्न सकेका छैनन् ।