
नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालको सुचना तथा सञ्चाार मन्त्रालयमा सरुवा भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्षका लाइनमा रहेका खनालको मन्त्रालयमा सुचनाप्रविधि विज्ञको रुपमा सरुवा भएको हो ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झाले केहि दिनअघि राजिनामा दिएका थिए । यसअघि सरकारले झालाई प्राधिकरणको अध्यक्षबाट हटाउँदा अध्यक्षमा खनालको नामको चर्चा थियो ।
खनाल एकमहिनाअघि मात्र संयुक्त्र राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरमको मल्टिस्केट होल्डर एडभाइजरी गु्रपको सदस्यमा नियुक्त भएका थिए ।