सीजी टेलिकमलाई लाइसेन्स दिन दूरसञ्चार प्राधिकरणको अवरोध, सर्वाेच्चमा हाल्याे भ्याकेट

सर्वोच्चको सो आदेशलाई अनर्थ भएको भन्दै सर्वोच्च अदालतको सोही आदेश रद्द गर्न भ्याकेट गरिएको स्रोतको दाबी छ । सो निवेदनमा अदालतले शुक्रबारको तारिख दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सीजी टेलिकमद्वारा दायर मुद्दामा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश रद्द गरिपाउँ भनी भ्याकेट दर्ता गरेको छ ।

सर्वोच्च अदालतमा भ्याकेट दर्ता गराएको दूरसञ्चार प्राधिकरणको उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार सीजी टेलिकमले ९००, १८०० र २१०० मेगाहर्ज ब्यान्डमा गर्न लागिएको फ्रिक्वेन्सी अक्सन रोक्न भन्दै प्राधिकरणका विरुद्ध रिट दायर गरेको थियो । सोही विषयमा दायर मुद्दामा सर्वोच्चले यही पुस १० गते अन्तरिम आदेश जारी गरेर सो अक्सन रोक्न निर्देशन दिएको थियो ।

सर्वोच्चको सो आदेशलाई अनर्थ भएको भन्दै सर्वोच्च अदालतको सोही आदेश रद्द गर्न भ्याकेट गरिएको स्रोतको दाबी छ । सो निवेदनमा अदालतले शुक्रबारको तारिख दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

यसअघि सर्वोच्चको सो आदेशमा अक्सन रोक्न र सीजीलाई अनुमतिपत्र प्राप्त गर्न सहयोग गराउन आदेश दिँदै अक्सनको प्रक्रिया अगाडि नबढाउन आदेश दिएको थियो ।

प्राधिकरणले भने सीजीले हालसम्म आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नलिएको भन्दै सो अन्तरिम आदेश खारेज वा रद्द गर्न माग गर्दै निवेदन दर्ता गरेको हो । प्राधिकरणले हिजो मात्र फ्रिक्वेन्सी अक्सन रोकिएको सूचना जारी गरेको थियो ।