प्राधिकरणले स्मार्ट टेलिकमबाट सबैभन्दा बढी रकम उठाउन बाँकी छ । बक्यौता रकम उठाउन दूरसञ्चार प्राधिकरणले २०७३/७४ देखि ०७५ सालसम्म १० पटक पत्रमार्फत सूचना सेवाप्रदायकलाई पठाएको छ । पत्रमार्फत कुनै प्रतिक्रिया नआउँदा सेयरधनीलाई पनि प्राधिकरणमा उपस्थित हुन भनेको थियो । तर सञ्चालकले नै यस विषयमा बेवास्ता गरेको प्राधिकरणका कर्मचारीको भनाइ छ ।
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले तीन दूरसञ्चार कम्पनीबाट बक्यौता रकम उठाउन ६० पटक ताकेता गरे पनि सेवाप्रदायकको रकम बुझाउने छाँट छैन । प्राधिकरणले बक्यौता नतिर्ने तीन सेवाप्रदायक स्मार्ट टेलिकम, युनाइटेड र स्याटेलाइट टेलिकमलाई प्रत्यक महिनाको एक पटक ताकेता गरेको हो ।
प्राधिकरणका अनुसार रकम तिर्नू भनी युनाइटेड टेलिकमलाई मात्र १७ पटक ताकेता गरिसकेको छ । जसमा ०७३/७४ मा फ्रिक्वेन्सीबापत रकम उठाउन ६ पटक सूचना जारी गरी रकम तिर्न निर्देशन दिइएको थियो भने २०७४/०७५ मा आठ र चालू आर्थिक वर्षमा तीन पटक ताकेता गरेको प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालको भनाइ छ ।
प्राधिकरणले स्मार्ट टेलिकमबाट सबैभन्दा बढी रकम उठाउन बाँकी छ । बक्यौता रकम उठाउन दूरसञ्चार प्राधिकरणले २०७३/७४ देखि ०७५ सालसम्म १० पटक पत्रमार्फत सूचना सेवाप्रदायकलाई पठाएको छ । पत्रमार्फत कुनै प्रतिक्रिया नआउँदा सेयरधनीलाई पनि प्राधिकरणमा उपस्थित हुन भनेको थियो । तर सञ्चालकले नै यस विषयमा बेवास्ता गरेको प्राधिकरणका कर्मचारीको भनाइ छ ।
त्यस्तै ०७५÷०७६ मा चार पटक ताकेता गरेको छ । २०७३ देखि ०७५ सम्म प्राधिकरणमार्फत स्मार्ट टेलिकमलाई २७ पटक रकम बुझाउन भनिएको तथ्याङ्कमा उल्लेख छ । यी तीन सेवाप्रदायकबाट मात्र प्राधिकरणले पुस मसान्तसम्म दुई अर्ब ९३ करोड रकम असुल्न बाँकी छ । लामो समयदेखि ताकेता गरिरहे पनि सेवाप्रदायकले बद्मासी गरिरहेको प्राधिकरणको भनाइ छ ।
त्यसैगरी व्यवसायी अजयराज समार्गीको नाममा सञ्चालित नेपाल स्याटेलाइट टेलिकमलाई प्राधिकरणले १६ पटक सूचना जारी गर्दै रकम बुझाउन निर्देशन दिएको छ । निर्देशनअनुसार आव २०७२/०७३ मा आठ र ०७३/०७४ मा पनि आठ पटक नै बक्यौता बुझाउन भनेको थियो । त्यसपछि प्राधिकरणले स्याटेलाइट टेलिकमलाई तोकेता गरेको तथ्याङ्क छैन । गत शुक्रबार सेवाप्रदायकले बुझाउनुपर्ने बक्यौता रकमबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले डाकेको बैठकमा प्राधिकरणका वरिष्ठ निर्देशक खनालले ताकेताबारे स्पष्टीकरण दिएका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सबैभन्दा बढी स्मार्ट टेलिकमले एक अर्ब ४० करोड रुपैयाँ बुझाउन बाँकी छ । त्यसैगरी युनाइटेड टेलिकम (यूटीएल)ले फ्रिक्वेन्सी दस्तुर तथा रोयल्टी नवीकरण दस्तुरको किस्ता र जरीवाना गरी ७९ करोड ४२ लाख ९५ हजार तीन सय १२ रुपैयाँ बुझाउनुपर्छ । नेपाल स्याटेलाइट टेलिकमबाट पनि ७३ करोड ५७ लाख २५ हजार दुई सय ३४ प्राधिकरणले उक्त रकम असुल्न सकेको छैन । बारम्बार ताकेता गरेको बताए पनि प्राधिकरणको यो भनाइ बर्सौैंदेखि प्रभावकारी देखिएको छैन ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै वेबसर्फरले रोयल्टी र जरीवानासहितदुई करोड ३५ लाख २७ हजार पाँच सय ३६ रुपैयाँ तिरेको छैन ।