मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएको हो । सीएमसी टाट पल्टिएपछि नेपालबाट बाहिरिएको छ । मेलम्ची खानेपानी विकास समितिले सीएमसीको साढे २ अर्ब रुपैयाँ जमानत जफत गरिसकेको छ । सीएमसीले सामान आपूर्ति र स्थानीय ठेकेदारलगायत अन्य आपूर्तिकर्तालाई करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदारे कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)सँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिएको छ ।
माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको तनहुँका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । फागुन २ गतेभित्र काममा नफर्किए सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । ‘ऊ काममा फर्किएन भने फेब्रुअरीभित्र ठेक्का तोडेर पुनः विश्वव्यापी बोलपत्र आह्वान (ग्लोबल टेन्डर) काम सुरु हुनेछ,’ थिकेले क्यापिटल नेपालसँग भने ।
मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएको हो । सीएमसी टाट पल्टिएपछि नेपालबाट बाहिरिएको छ । मेलम्ची खानेपानी विकास समितिले सीएमसीको साढे २ अर्ब रुपैयाँ जमानत जफत गरिसकेको छ । सीएमसीले सामान आपूर्ति र स्थानीय ठेकेदारलगायत अन्य आपूर्तिकर्तालाई करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
ऋणदाता एसियाली विकास बैङ्क (एडीबी)ले पनि सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न सुझाएपछि प्रक्रिया अघि बढेको थिकेले जानकारी दिए । निर्धारित समयभित्र काममा नफर्किए सम्झौतामा भएको प्रावधानअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने उनले बताए ।
सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको हो । ठेक्का सम्झौता भए पनि तनहँुले उसलाई परिचालन पेस्की (मोबिलाइजेसन पेस्की) दिएको छैन ।
सीएमसीले गर्दा आयोजनाको भविष्य अनिश्चित भएको छ । ठेक्का तोडिएपछि फेरि नयाँ प्रक्रिया सुरु गर्दा समय लाग्ने भएपछि दोस्रो लटको ठेकेदारको पनि काम प्रभावित हुने सम्भावना छ । दोस्रो लटको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँग ठेक्का सम्झौता भइसकेको छ । ऊ काम सुरु गर्ने तयारीमा छ ।
सिनोले आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान, सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता लिएको छ । सिनोले काम सुरु गर्न लागेको उनको भनाइ छ ।
दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । लट ३ अन्तर्गत विद्युत् गृहदेखि भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केइसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ ।
आयोजनाको कुल लागत ५८ अर्ब ८ करोड रुपैयाँ छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत छ । एडीबीले १५ अर्ब रुपैयाँ अर्थात् १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ अर्ब ४० करोड रुपैयाँ अर्थात् १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैङ्क (ईआईबी) ले ८ अर्ब ५० करोड रुपैयाँ अर्थात् ८ करोड ५० लाख डलर र सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ अर्ब ७० करोड रुपैयाँ अर्थात् ८ करोड ७० लाख डलर लगानी गरेका छन् ।