फिक्सड्लाइन र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या २५ लाख

चालु आर्थिक वर्षको कात्तिक महिनासम्म फिक्सड्लाइन र इन्टरनेट प्रयोगकर्ताको २५ लाख ७१ हजार ९४ जना पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा यस्तो देखिएको हो ।

तथ्याङ्क अनुसार भदौमा फिक्सडलाइनमार्फत सेवा लिनेको कूल सङ्ख्या ८ लाख ५७ हजार २ सय ६१ जना रहेका थिए । ति मध्ये भ्वाइस कल र इन्टरनेट चलाउने क्रमश ६ लाख ८२ हजार ९ सय ५६ जना थियो । १ लाख ७४ हजार ३ सय ५ जना सिजी कम्युनिकेसन (सीजीसी)को माध्यमबाट २ हजार ८ सय ३२ जना स्मार्ट टेलिकम प्रालि (एसटीपीएल)बाट ५ सय ९८ छन् । तर सीजीसी र एसटीपीएल भने हाल प्रयोगमा आएका छैनन् । युनाइटेड टेलिकम लिमिटेड (युटीएल)बाट ५० हजार १ सय ३४ जनाले सेवा लिइरहेका छन् ।

त्यस्तै असोज महिनामा फिक्सडलाइन प्रयोगकर्ता घटेका छन् । असोजमा फिक्सडलाइन प्रयोगकर्ताको जम्मा सङ्ख्या ८ लाख ५६ हजार ६ सय ६४ रहेका छन् भने इन्टरनेट चलाउने १ लाख ७४ हजार २ सय ४४ र भ्वाइसकल मार्फत सेवा लिनेको सङ्््ख्या ६ लाख ८२ हजार ४ सय २० छन् ।

कात्तिक महिनामा फिक्सड्लाइन मार्फत सेवा लिने सेवाग्राहिको सङ्ख्या ८ लाख ५७ हजार १ सय ६९ प्रयोग कर्ता छन् । ती मध्य इन्टरनेट माध्यमबाट सेवा लिनेको सङ्ख्या १ लाख ७४ हजार १ सय ५० छन् भने भ्वाइस कलमार्फत ६ लाख ८३ हजार १९ प्रयोगकता छन् ।