बजारमा तरकारीको भाउ केजीको ३ रुपैयाँ देखि ८० रुपैयाँसम्म बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार गत महिना ठूलो गोलभेडाको मूल्य प्रति केजी ३९ रुपैयाँ र सानो गोलभेडाको मूल्य ३८ रुपैयाँ रहेको थियो भने माघ महिनासम्म ठूलो गोलभेडाको मूल्य प्रति केजी ३ रुपैयाँले बढेर ४२ र सानो गोलभेडा केजीको ३८ रुपैयाँबाट घटेर २८ रुपैयाँमा बिक्री भएको छ ।
एक महिनाको अवधिमा तरकारीको मूल्य १ सय २१ प्रतिशतसम्म बढेको छ । गत पुस महिनामा प्रतिकेजी ६३ रुपैयाँ किनबेच भएको तितेकरेला मूल्य माघमा १ सय ५ रुपैयाँ पुगेको कालीमाटी फलफुल तथा तरकारी विकास समितिले जानकारी दिएको छ । त्यसैगरी एक महिनाको अवधि मुख्य मुख्य तरकारीको भाउ वृद्धि भएको छ ।
बजारमा तरकारीको भाउ केजीको ३ रुपैयाँ देखि ८० रुपैयाँसम्म बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार गत महिना ठूलो गोलभेडाको मूल्य प्रति केजी ३९ रुपैयाँ र सानो गोलभेडाको मूल्य ३८ रुपैयाँ रहेको थियो भने माघ महिनासम्म ठूलो गोलभेडाको मूल्य प्रति केजी ३ रुपैयाँले बढेर ४२ र सानो गोलभेडा केजीको ३८ रुपैयाँबाट घटेर २८ रुपैयाँमा बिक्री भएको छ ।
त्यस्तै पुस महिनामा रातो र सेतो आलुको मूल्य प्रति केजी ३१ र २९ थियो । तर अहिले यो मूल्य घटेर रातो केजीको ३१ सेतो २९ रुपैयाँबाट १९ रुपैयाँमा झरेको छ । त्यसैगरी बजारमा सबैभन्दा बढि माग हुने तरकारी प्याजको भाउ पनि घटेको छ । प्याजको मूल्य पनि प्रति केजि २४ रुपैयाँले घटि केजीको ५४ रुपैयाँमा पुगेको छ । यस अघि ७८ रुपैयाँ थियो । गत महिना प्रतिकेजी ४२ रुपैयाँ रहेको गाजर अहिले ३८ रुपैयाँमा कारोबार भइरहेको छ । बन्दा गत महिनाको तुलनामा ८ रुपौयाँले बढेर ३३ रुपौयाँमा कारोबार भइरहेको छ ।
गत पुस महिनामा नेपाली बजारमा स्थानीय काउलीको मूल्य २५ रुपैयाँ प्रतिकेजी थियो । तराइको काउली १९ रुपैयाँ र मूला २८ रुपैयाँ प्रति केजीमा किनमेल भएको थियो भने हाल माघ महिनामा काउली क्रमश उकालो लागेर स्थानिय ४८, तराईको काउली ४२ रुपैयाँ प्रतिकेजीले मूल्य पुगेको छ । मूला भने एक रुपैयाँले मात्र बढेर २२ रुपैयाँ पुगेको छ । यसअघि २१ रुपैयाँमा कारोबार भइरहेको थियो ।
अन्य तरकारीको मूल्य भने सामान्य नै रहेको छ । भ्यान्टा प्रति केजी ३३ रुपैयाँबाट ५२ रुपैयाँमा, डल्लो भ्यान्टा ६२ रुपैयाँ घटबढ नभई स्थिर रहेको छ । मटरकोशा प्रतिकेजी ६२ रुपैयाँ, घिउसिमी प्रति केजी ९२ रुपैयाँ, टाटेसिमी प्रति केजी ७२ रुपैयाँ कारोबार भएको समितिले जानकारी दिएको छ ।