असारभित्रै सञ्चालनमा आउँदै निम्बसको इमल्सन प्लान्ट

नेपालमा इमल्सनको ठूलो माग रहेको र त्यसलाई पूर्ति गर्न कम्पनीले नयाँ प्लान्ट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । कम्पनीले इमल्सन प्लान्टका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।  कम्पनीले बहुराष्ट्रिय पेन्टस् कम्पनीलाई लक्षित गरेर उत्पादन बजारमा ल्याउन लागेको हो । इमल्सन भनेको पेन्टस् बनाउन आवश्यक पर्ने एक प्रकारको कच्चा पदार्थ हो । यो कच्चा पदार्थ हालसम्म विदेशबाट मात्रै आयात हुँदै आएको छ । असारदेखि कम्पनीले नेपालमै उत्पादन गर्न लागेको हो ।

निम्बस समूहले आगमी चार महिनाभित्र इमल्सन प्लान्ट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पेन्टस् बनाउन चाहिने महत्वपूर्ण कच्चा पदार्थ नेपालमा पहिलो पटक उत्पादन गर्न लागेको हो । हाल कम्पनीको ८० प्रतिशत काम सकिएको फ्याक्ट्री म्यानेजर शैलेश लामिछानेले बताए ।

नेपालमा इमल्सनको ठूलो माग रहेको र त्यसलाई पूर्ति गर्न कम्पनीले नयाँ प्लान्ट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । कम्पनीले इमल्सन प्लान्टका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।  कम्पनीले बहुराष्ट्रिय पेन्टस् कम्पनीलाई लक्षित गरेर उत्पादन बजारमा ल्याउन लागेको हो । इमल्सन भनेको पेन्टस् बनाउन आवश्यक पर्ने एक प्रकारको कच्चा पदार्थ हो । यो कच्चा पदार्थ हालसम्म विदेशबाट मात्रै आयात हुँदै आएको छ । असारदेखि कम्पनीले नेपालमै उत्पादन गर्न लागेको हो ।

त्यसैगरी, कम्पनीले सोही समयमा बाल्टीको उत्पादन पनि बजारमा ल्याउने तयारी थालेको छ । त्यसका लागि कम्पनीले ३० करोड रुपैयाँ लगानी गरेको छ ।  कम्पनीले दैनिक रुपमा ५ सय टन इमल्सन उत्पादन गने लक्ष्य लिएको छ । हाल बजारमा मासिक एक हजार २ सय टन रहेको छ । अहिले शतप्रशित आयात हुँदै आएको छ । कम्पनीको उत्पादन बजारमा आएपछि मागको ९० प्रतिशत निम्बसको उत्पादनले पूरा गर्ने लामिछानेले जानकारी दिए ।

कम्पनीले हेटौंडा औद्योगिक क्षेत्रमा खोलिएको उद्योगले विशेषगरी एसियन पेन्टस्, नेरोल्याकलगायतका कम्पनीलाई बेच्ने योजना बनाएको छ । पेन्टस्लाई आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर बनाउने उद्देश्यले यो उद्योग खोल्न लागेको कम्पनीले जनाएको छ । हालसम्म यसका कच्चा पदार्थ भारत तथा स्रोत मुलुकबाट आयात हुँदै आइरहेको छ ।