दुईवर्ष अघि नै अन्तर्राष्ट्रिय ब्राण्ड भित्र्याउने गरेर उद्योग स्थापना गरको विशाल र एभरेष्ट ग्रुपले यो गर्मीमा किंगफिसर ब्राण्डको बियर बजारमा ल्याउन लागेको हो ।
बियरका पारखीका लागि यो गर्मीमा छनौटको विकल्प बढ्दै छ । स्वदेशी बजारमा ठूला समूहले बियरका नयाँ दुई ब्राण्ड भित्र्याउँदैछन् । वियर उद्योगमा लगानी बढ्दै गएपछि ब्राण्डबीचको प्रतिस्पर्धा पनि बढ्दै गएको छ ।
दुईवर्ष अघि नै अन्तर्राष्ट्रिय ब्राण्ड भित्र्याउने गरेर उद्योग स्थापना गरको विशाल र एभरेष्ट ग्रुपले यो गर्मीमा किंगफिसर ब्राण्डको बियर बजारमा ल्याउन लागेको हो । दुई समूहले यति ब्रुअरीमार्फत भारतीय ब्राण्ड किंगफिसरलाई नेपालमा उत्पादन गर्न लागेको हो । कम्पनीले यसअघि आफ्नै ब्राण्ड अर्ना बियरलाई बजारमा उतारिसकेको छ । अर्ना स्ट्रोङ्ग र अर्ना लाइट बजारमा ल्याएको कम्पनीले उपभोक्ताबाट राम्रो रेस्पोन्स पाइरहेको छ । डेढ अर्ब लगानीमा स्थापना भएको कम्पनीमा सुरुमा गोल्छा समूह पनि सहभागी थियो । गोल्छा समूहबाट पछिल्लो पटक हितेश गोल्छा बाहिरिएपछि अहिले विशाल ग्रुपबाट विशाल अग्रवाल र एभरेष्ट ग्रुपबाट सञ्जिव सर्राफले कम्पनीमा प्रतिनिधित्व गरिरहेका छन् ।
यति ब्रुअरीका प्रबन्ध निर्देशक अरुण केसीले यो गर्मीमा किंगफिसर बियर बजारमा आउने बताए । ‘कम्पनीको रणनीतिअनुसार नै पहिला आफ्नो ब्राण्ड र त्यसपछि अन्तर्राष्ट्रिय ब्राण्ड ल्याउने हो त्यहि अनुसार काम भैरहेको छ,’ उनले भने । ‘किंगफिसर आएपछि पनि अझ अरु स्वदेशी र विदेशी ब्राण्ड कम्पनीले थप्ने उनले बताए ।
जावलाखेल ग्रुपले पनि बजारमा नमस्ते ब्राण्डको वियर ल्याउने अन्तिम तयारी गरेको छ । ग्रुपले राज ब्रुअरीमार्फत स्वदेशी ब्राण्डलाई बजारमा ल्याउन लागेको हो । डेढ वर्षअघि नै उद्योग स्थापना गरेर जर्मन ब्राण्ड वारस्टेइनरलाई उत्पादन गर्ने तयारी थालेपनि जर्मन कम्पनीले अन्तिम स्विकृति नदिदाँ कम्पनीले नमस्ते ब्राण्डलाई बजारमा ल्याउन लागेको हो । कम्पनीले ४ अर्ब लगानीमा भैरहवा नवलपरासी करिडोरमा उद्योग स्थापना गरेको छ ।
‘कम्पनीले नमस्ते ब्राण्डको बियर बजारमा ल्याउने तयारी गरेको छ,’ जावलाखेल ग्रुपका सुशील श्रेष्ठले भने । हामीले जर्मन ब्राण्डको बियर पनि उत्पादन गर्छाैं तर त्यसअघि स्वदेशी ब्राण्डलाई बजारमा ल्याउन लागेको उनले बताए ।
टिबीआर्इ ग्रुपले पनि बजारमा नयाँ ब्राण्ड पठाउन लागेको छ । माइटी शेर्पा ब्राण्डको बियर बजारमा पठाउनका लागि कम्पनीले उत्पादन गरिरहेको छ । माइटी शेर्पा पनि यहि गर्मीमा बियर पारखीका माझ आइपुग्ने कम्पनीले जनाएको छ ।