६ कम्पनीका सिम प्रयोगकर्ता तीन करोड ५९ लाख पुगे

फिक्स्ड लाइनमार्फत भ्वाइस सेवा लिने प्रयोगकर्ता ६ लाख ८५ हजार ९ सय ४९ पुगेका छन् । तथ्याङ्कअनुसार नेपाल टेलिकमका १ करोड ८५ लाख ५८ हजार १ सय ३३ प्रयोगकर्ता छन् । यसमा ८ लाख ४ हजार ४ सय ६३ फिक्स्ड लाइन प्रयोगकर्ता छन् ।

प्रयोगकर्ताले नेपालमा ६ विभिन्न दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५९ लाख सिम प्रयोगमा ल्याएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ६ दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५९ लाख १२ हजार १९ सिम प्रयोग भएको छ ।

एउटै व्यक्तिले विभिन्न सेवाप्रदायकको सिम प्रयोग गर्ने भएकाले जनसङ्ख्याको १ सय ३८ दशमलव ५५ प्रतिशत प्रयोगकर्ता देखिएका हुन् । भ्वाइस सेवा लिने सेवाग्राहीले प्रतिस्पर्धामा गइरहेको दूरसञ्चार सेवाका लागि विभिन्न कम्पनीको सिम लिने क्रम बढेको हो । प्राधिकरणले पछिल्लो पटक मङ्सिर महिनासम्मको तथ्याङ्क सार्वजनिक गर्दा यस्तो देखिएको हो ।

फिक्स्ड लाइनमार्फत भ्वाइस सेवा लिने प्रयोगकर्ता ६ लाख ८५ हजार ९ सय ४९ पुगेका छन् । तथ्याङ्कअनुसार नेपाल टेलिकमका १ करोड ८५ लाख ५८ हजार १ सय ३३ प्रयोगकर्ता छन् । यसमा ८ लाख ४ हजार ४ सय ६३ फिक्स्ड लाइन प्रयोगकर्ता छन् ।

त्यस्तै युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)का ५ लाख २६ हजार ८ सय ७३, एनसेलका १ करोड ६४ लाख ३३ हजार ३ सय ६७, सीजी कम्युनिकेसन प्रालि (सीजीसी)का २ हजार ९ सय ८७, नेपाल स्याटेलाइट टेलिकम (एनएसटीपीएल)का ३ लाख २८ ह्जार ५ सय ३८, स्मार्ट टेलिकम (एसटीपीएल)का १७ लाख २४ हजार ५ सय ८० र अन्यका १ हजार ७ सय ४२ जना प्रयोगकर्ता छन् ।

प्राधिकरणका अनुसार १ करोड ६७ लाख ३७ हजार ३ सय ५ जना डाटा तथा इन्टरनेट प्रयोगकर्ता छन् । यो भनेको जनसङ्ख्यको ६२ दशमलव ९४ प्रतिशत हो । मोबाइलमा डाटा प्रयोगकर्ता भने नेपाल टेलिकमका बढी रहेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । नेपाल टेलिकमको मोबाइलमा इन्टरनेट चलाउने प्रयोगकर्ता ८५ लाख ८३ हजार ४ सय २७ छन् । त्यस्तै एनसेलका ७१ लाख ६४ हजार ६ सय ४२ प्रयोगकर्ता छन् ।