इन्टरनेटको पहुँच ६३.१७ प्रतिशतसम्म बढ्यो

नेपालमा कुल १ करोड ६७ लाख ३७ हजार ३ सय ५ इन्टरनेट प्रयोगकर्तामध्ये टेलिकमले सबैभन्दा बढी इन्टरनेटको पहुँच पुर्याएको छ ।

नेपालमा गत आर्थिक वर्षको तुलनामा चालू आवमा सबैभन्दा बढी इन्टरनेटका प्रयोगकर्ताको सङ्ख्या बढेको छ । राष्ट्रिय योजना आयोगको १४औं योजना (२०७३/७४–२०७५/७६) अनुसार कुल जनसङ्ख्याको ६५ प्रतिशतमा इन्टरनेट पहुँच पु¥याउने लक्ष्य चालू आर्थिक वर्ष २०७४/७५ मै पुग्ने देखिएको छ ।

दूरसञ्चार प्रधिकरणले सावजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ६३.१७ प्रतिशतसम्म इन्टरनेटको पहुँच पुगेको देखिएको हो । नेपालमा इन्टरनेटकोे सुरुवात भएको २३ वर्ष पुगेसँगै इन्टरनेटको पहुँच नेपाल सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म चालू आव २०७४/७५ मा इन्टरनेटको सुविधा पर्याप्त मात्रामा पुगेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

आव २०७२/७३ मा कुल जनसङ्ख्याको ४४ दशमलव ४ प्रतिशतमा इन्टरनेट रहेकोमा आव २०७३÷७४ मा १७ प्रतिशत वृद्धि भई ६१ दशमलव शून्य ९ प्रतिशतमा इन्टरनेट पहुँच पुगेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९६ प्रतिशतले मोबाइल प्रयोग गर्छन् । इन्टरनेट पहुँचमा वृद्धि हुनुको प्रमुख कारण मानिसको हातहातमा पुगेको मोबाइल फोन र नयाँ प्रविधि नै हो । अर्को, प्रविधिको विकासले पनि इन्टरनेटको पहुँच विस्तारमा ठूलो मद्दत पुगेको छ ।

सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क बनाई २ वर्षसम्म निःशुल्क सेवा दिनुका साथै उक्त जिल्लाका सबै सामुदायिक तथा निजी माध्यमिक विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहका गाउँपालिकामा ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरू भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

नेपालमा कुल १ करोड ६७ लाख ३७ हजार ३ सय ५ इन्टरनेट प्रयोगकर्तामध्ये टेलिकमले सबैभन्दा बढी इन्टरनेटको पहुँच पु¥याएको छ । टेलिकमका मङ्सिरसम्ममा देशभरबाट ८९ लाख ३ हजार ६ सय २४ ले प्रयोगकर्ता छन् भने एनसेलका ७१ लाख ६४ हजार ६ सय ४२ प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै युटिएलका ६३ हजार २ सय ३, एसटीपीएलका २ लाख ४७ हजार १ सय १०, सीजीसीका १३ र आई एसपीएसका ३ लाख ३१ हजार ७ सय १३ इन्टरनेट प्रयोगकर्ता छन् ।

नेपालमा पछिल्लो समय सबैको हातमा स्मार्टमोबाइल फोन भएकाले इन्टरनेट प्रयोगकर्ता बढ्दै गएको अर्यालयले बताए । विशेषगरी अहिलेको अवस्थामा ग्रामीण समुदायका मानिसको अवश्यकतालाई दृष्टिगत गरी पूर्वाधारमा लगानी, ग्रामीण दूरसञ्चारको कोषमा रहेको रकमले इन्टरनेट विस्तार गर्न थालिएकाले काम अझ सहज हुने उनले जानकारी दिए ।

वायरलेस ब्रोडब्यान्डको क्षमतामा भएको वृद्धिले इन्टरनेटको पहुँच बढाउँदै गएको प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले बताए । ‘प्रत्येक विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयमा अप्टिकल फाइबर जडान गर्ने गरी विभिन्न टेन्डर आह्वान भइसकेको छ,’ उनले भने ।

इन्टरनेट सेवाको भरपर्दो सञ्चालनका लागि प्राविधिक तथा व्यावहारिक रूपमा एकभन्दा बढी सेवाप्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआबद्धता हुनुपर्ने भएकाले सरकारले अहिले चीनसँग पनि इन्टरनेट ब्यान्डविथ लिएको छ । ‘चिनियाँ इन्टरनेटले समेत नेपालको इन्टरनटको पहुँचलाई विश्वव्यापी बनाउन तथा विस्तारमा मद्दत पु¥याउने उनको भनाइ छ ।