श्री एयरका मार्केटिङ म्यानेजर अनिल मानन्धरका अनुसार मन्त्रालयले अनुमति दिन झुल्याएका कारण उडान भर्न नसकेको बताए । ‘बुद्ध र हामीले एकैचोटी एउटै लाइसेन्स लिएको हो,’ उनले भने, ‘उसले अहिले विदेश उडान भर्दैै आएको छ, हामीले किन नपाउने ?’
आन्तरिक रुपमा तीन महिना अघिबाट अन्तर्राष्ट्रिय उडान भर्न तयार भएको श्री एयरलाइन्सले विदेश उडान भर्न नपाउने भएको छ । श्रीसँग यात्रु बोक्ने लाइसेन्स नभएकाले अन्तर्राष्ट्रिय उडान अनुमति दिन नमिलेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जनाएको छ ।
श्रीसँग ठूलो हेलिकोप्टरको लाइसेन्स छ । त्यो लाइसेन्सले यूएनको आपत्कालीन यात्रु बोक्न मात्रै मिल्ने मन्त्रालयले जनाएको छ । यदि श्रीले जहाजमार्फत यात्रु ओसार–पसार गर्ने हो भने नयाँ लाइसेन्स लिनुपर्ने मन्त्रायका सहसचिव सुरेश आचार्यले क्यापिटल नेपाललाई जानकारी दिए ।
बुद्ध एयरसँग यात्रु बोक्ने लाइसेन्स छ । उसले अन्तर्राष्ट्रिय उडान पनि भर्दै आइरहेको छ । तर, श्रीसँग लाइसेन्स नभएकाले अनुमति दिन नसकिएको उनको भनाइ छ ।
श्री एयरका मार्केटिङ म्यानेजर अनिल मानन्धरका अनुसार मन्त्रालयले अनुमति दिन झुल्याएका कारण उडान भर्न नसकेको बताए । ‘बुद्ध र हामीले एकैचोटी एउटै लाइसेन्स लिएको हो,’ उनले भने, ‘उसले अहिले विदेश उडान भर्दैै आएको छ, हामीले किन नपाउने ?’
श्रीसँग भएका जहाजले नियमित ४ घन्टा सम्म उडान गर्न सक्छन् । ४ घन्टामा श्रीलङ्का, बैंकक र भारतसम्म पुगिने भएका कारण यी गन्तब्य आफ्नो रोजाइमा परेको मानन्धरको भनाइ छ ।
यदि मन्त्रालयले अनुमति दिने हो भने भोलिबाट जहाज उडाउन सकिने मानन्धरले जानकारी दिए । हाल देशका ५ स्थानमा उडान भरिरहेको श्री एयरलाइन्सले भारतका रिजनल एयरपोर्टमा उडान भर्न खोजेको हो । त्यसका लागि मन्त्रालयले अनुमति दिनुपर्छ ।
मन्त्रालयका सहसचिव आचार्यले यात्रु बोक्ने लाइसेन्स नलिएसम्म उडान अनुमति दिन नसक्ने बताए ।
अहिले श्री एयरलाइन्सले भद्रपुर, बिराटनगर, भैरहवा नेपालगन्ज र धनगढीमा उडान भरिरहेको छ । अबको केही समयपछि भरतपुर र पोखरा उडान गर्ने कम्पनीले योजना बनाइरहेको छ ।
आन्तरिक उडानका लागि उडान अनुमति पाउनका लागि यसले ठूलो सास्ती बेहार्नु परेको थियो । यदि मन्त्रालयले इजाजत दिने हो भने नयाँ जहाज थप्ने मानन्धरले बताए । ‘उडान अनुमति पाएपछि हामीले थप बिमान समेत थप्ने योजना बनाएका छौं, तर सुरुवातमा भने हामीले यी तीनै विमानबाट उडान भर्ने योजना बनाएका छौ,’ उनले भने ।