हाल बजारमा एलईडी (लाईट इमिटिङ् डायोड) एलसीडी (लिक्विड क्रीष्टल डिस्प्ले), का विभिन्न मोडल नेपाली बजारमा उपलब्ध छन् । सहरी तथा ग्रामिण सबै क्षेत्रका मानिसहरुले स्मार्ट प्रविधि भएका सामान मात्र खरीद गर्न गरेका छन् । नेपाली बजारका अधिकांश इलेक्ट्रोनिक पसलहरुमा पनि साधारण किसिमका टेलिभिजन पार्इँदैन ।
नेपाली बजारमा नयाँ प्रविधि तथा फरक बिशेषतायुक्त आधुनिक स्मार्ट टेलिभिजन सेट आइपुगेका छन् । नेपालमा विभिन्न प्रकारका नयाँ प्रविधिको विकास हुँदै गएसँगै टेलिभिजनले पनि एउटा फरक रुप लिएको छ । सहरी क्षेत्रबाट ग्रामिण भेगमा पनि आधुनिक टेक्नोलोजीको प्रभाव परेको देखिन्छ । सामान्यतया सडक यातायात पुगेका क्षेत्रहरुमा टेलिभिजन लगायतका प्राविधिक सामानका पसलहरु खुलिसकेका छन् ।
नेपाली बजारमा स्मार्ट टीभीको माग बढ्दो अवस्थामा अधिकांश मानिसको रोजाई पनि आधुनिक स्मार्ट टेलिभिजन रहेको छ । हाल बजारमा एलईडी (लाईट इमिटिङ् डायोड) एलसीडी (लिक्विड क्रीष्टल डिस्प्ले), का विभिन्न मोडल नेपाली बजारमा उपलब्ध छन् । सहरी तथा ग्रामिण सबै क्षेत्रका मानिसहरुले स्मार्ट प्रविधि भएका सामान मात्र खरीद गर्न गरेका छन् । नेपाली बजारका अधिकांश इलेक्ट्रोनिक पसलहरुमा पनि साधारण किसिमका टेलिभिजन पार्इँदैन । यसबाट पनि प्रमाणित हुन्छ नेपाल प्रविधिमा दिनानुदिन अगाडी बढिरहेको छ । उत्कृष्ट श्रव्य÷दृष्य दुवै किसिमबाट मज्जा लिन सकिने भएकाले पनि बजारमा स्मार्ट टीभीको माग र मानिसहरुको यस प्रतिको चाहना बढ््दै गएको देखिन्छ । विशेषगरी भित्तामा झुन्डयाउने तथा आफ्नो ईच्छा अनुरुप एक ठाउँबाट अर्को ठाउँसम्म सार्न मिल्ने किसिमका टेलिभिजन नेपाली बजारमा भित्रिएका छन् । एलईडी एलसीडी हुँदै बजारमा फोर के अल्ट्रा एचडी (हाइ डेफिनेसन)सम्मका टेलिभिजन उपलब्ध रहेका छन् ।
एलसीडी टेलिभिजन
एलइडी (लिक्विड क्रीष्टल डिस्प्ले) टेलिभिजनले पुराना एनालग टेलिभिजनलाई विस्थापन गर्दै नयाँ विशेषताका साथमा मानिसहरुको चाहानालाई पुरा गर्दै आईरहेको छ । केही बर्षयता उच्च वर्गका मानिसदेखि मध्यम आर्थिक स्थिति भएका परिवारसम्म पनि एलईडी टेलिभिजन पुगेका छन् । कम स्थान ओगट्ने तथा श्रव्य दृश्य दुबै प्रकार बाट प्रयोग गर्न सकिने भएकाले पनि बजारमा यसको माग दिनानुदिन बढ्दै गएको हो । हाल एलजी, सामसङ टिसिएल, सोनी आदि मोडल नेपाली बजार रहेका छन् ।
एलईडी टेलिभिजन
वर्तमान अबस्थामा नेपाली बजारमा एलसीडी (लाईट इमिटिङ् डायोड) टेलिभिजन सेट पनि नेपाली बजारमा उपलब्ध छ । एलसीडी र एलईडी टेलिभिजनको बिशेषता निकै फरक छ । एलसीडीमा भने भिन्न भिन्न कलर राखिएको हुन्छ तर एलईडीमा त्यो किसिमको बिशेषता हुदैन् । एलईडी टिभी एलसीडी टिभीको सबसेट को रुपमा लिइन्छ । एलईडी टिभीमा अधिक ऊर्जा खपत हने भएकाले सामान्यतया एलसीडी टिभी भन्दा स्पष्ट र राम्रो तस्वीर दिन्छ ।
विद्युतको सुविधा नपुगेका ठाउ“मा समेत सौर्य ऊर्जाबाट पनि चलाउन सकिने भएपछि यसको प्रयोग बढ्न थालेको हो ।
स्मार्ट टेलिभिजनमा इन्टरनेट प्रयोग गरी विभिन्न भिडियो डाउनलोड गरी हेर्न सकिन्छ । अन्य टेलिभिजनको तुलनामा स्मार्ट टिभिको बिशेषता फरक रहेकाले मानिसको रुचि पनि यसमै बढि रहेको छ ।