एकै महिनामा सिम प्रयोग गर्नेको सङ्ख्या डेढ लाख बढ्याे

प्राधिकरणका अनुसार १ करोड ६९ लाख ६८ हजार ६ सय ९ डाटा तथा इन्टरनेट प्रयोगकर्ता छन् । डाटा इन्टरनेट प्रयोगकर्ता पनि मङ्सिर महिनाको तुलनामा १ लाख ६९ हजार ५ सय ६४ जनाले वृद्धि भएका हुन । मङ्सिरमा डाटा इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या एक करोड ६७ लाख ३७ हजार ३ सय ५ रहेका थिए ।

प्रत्येक नेपालीले कम्तिमा २ ओटा सिम बोक्ने गरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्क अनुसार नेपालमा रहेका ६ दूरसञ्चार सेवाप्रदायक कम्पनीले बजारमा ३ करोड ६० लाख ९६ सिम वितररण गरेका छन् । यो सङ्ख्यालाई आधार मानेर प्रत्येक नेपालीसँग कम्तिमा २ ओटा सिम रहेको पाइएको हो । नेपालमा कुल जनसङ्ख्या २ करोड ८३ लाख भन्दा माथि रहेको र त्यसमध्य १५ प्रतिशतले फोन बोक्ने गरेका छैनन् । बाँकी जनसङ्ख्यालाई आधार मानेर उक्त तथ्याङ्क निकालिएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको पुस महिनासम्मको एमआइएस रिपोर्ट अनुसार ६ दूरसञ्चार सेवाप्रदायकका ३ करोड ६० लाख ९६ हजार ३ सय ९६ सिम प्रयोगमा आएका छन् ।

एउटै व्यक्तिले विभिन्न सेवाप्रदायकको सिम प्रयोग गर्ने भएकाले जनसङ्ख्यको १ सय ३६ दशमलव ३४ प्रतिशत प्रयोगकर्ता देखिएका हुन् । भ्वाइससेवा लिने सेवाग्राहीले प्रतिस्पर्धामा गइरहेको दूरसञ्चार सेवाका लागि विभिन्न कम्पनीको सिम लिने क्रम बढेको हो । प्राधिकरणले पछिल्लो पटक पुस महिनासम्मको तथ्याङ्क सार्वजनिक गर्दा यस्तो देखिएको हो ।

मङ्सिर महिनाको तुलनामा पुसमहिनामा विभिन्न कम्पनीबाट सिम प्रयोग गर्नेको सङ्ख्या १ लाख ८४ हजार ३ सय ७७ ले वृद्धि भएका छन् । मङ्सिर महिनामा भने ३ करोड ५९ लाख १२ हजार १९ जना सिम प्रयोग कर्ताले सिम प्रयागमा ल्याएका थिए ।

फिक्सड लाईन मार्फत मोबाइल र इन्टरनेटको माध्यमबाट सेवा लिनेको कुल सङ्ख्या ८ लाख ६१ हजार २ सय ९९ जना पुगेको तथ्याङ्कले देखाएको छ । त्यस्तै फिक्स्ड लाइनमार्फत भ्वाइस सेवा लिने प्रयोगकर्ता ६ लाख ८७ हजार १ सय ८८ पुगेका छन् । तथ्याङ्क अनुसार नेपाल टेलिकमका १ करोड ८७ लाख ४४ हजार सय ३० प्रयोगकर्ता रहेका छन् । यस मध्य ८ लाख ५ हजार ३ सय फिक्सड लाइन प्रयोग कर्ता रहेका छन् ।

त्यस्तै यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल)का ५ लाख २६ हजार ८ सय ७३, एनसेलका १ करोड ६४ लाख ३३ हजार ३ सय ६७, सीजी कम्यूनिकेशन प्रालि सिजिसीका २ हजार ९ सय ८७, नेपाल सेटलाइट टेलिकम प्रालि एनएसटिपिएलका ३ लाख २८ ह्जार ५ सय ३८ , स्मार्ट टेलिकम प्रालि एसटिपीएलको १७ लाख ४९ हजार ९ सय ८२ र अन्यको १ हजार ७ सय ४२ प्रयोगकर्ता रहेका छन् ।

प्राधिकरणका अनुसार १ करोड ६९ लाख ६८ हजार ६ सय ९ डाटा तथा इन्टरनेट प्रयोगकर्ता छन् । डाटा इन्टरनेट प्रयोगकर्ता पनि मङ्सिर महिनाको तुलनामा १ लाख ६९ हजार ५ सय ६४ जनाले वृद्धि भएका हुन । मङ्सिरमा डाटा इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या एक करोड ६७ लाख ३७ हजार ३ सय ५ रहेका थिए ।

यो नेपालको कुल जनसङ्ख्यको ६३ दशमलव ८१ प्रतिशत हो । मोबाइल मार्फत डाटा प्रयोग गर्नेको सङ्ख्या भने नेपाल टेलिकमका बढी छन् । टेलिकमको मोबाइलमा इन्टरनेट चलाउने प्रयोगकर्ता ८७ लाख ३४ हजार ७ सय ८२ पुगेका छन् । त्यस्तै एनसेलका ७१ लाख ६४ हजार ६ सय ४२ प्रयोगकर्ताले मोबाइल मार्फत डाटा इन्टरनेट प्रयागमा ल्याएका छन् । त्यस्तै एसटिपिएल मार्फत इन्टरनेट सेवा लिने २ लाख ५३ हजार २ सय १२ जना पुगेका प्रधिकरणको तथ्याङकले देखाएको छ ।