लोडसेडिङ घटेको प्रभाव इलेक्ट्रिक स्कुटरमा

नेपाली बजारमा अहिले हिरो, भी मोटो, होन्डा महिन्द्रा, नितु, टेर्रा न्युलगायतका एक दर्जन विद्युतीय स्कुटर उपलब्ध छन् । त्यस्तै केही सातापछि नेपाली बजारमा ओकिनोवा ब्रान्डको स्कुटरसमेत आउने भएको छ ।

विभिन्न समयमा नेपाली बजारमा डिजेल तथा पेट्रोलको अभाव सिर्जना भइरहने घटना कुनै नौला होइनन् । भारतीय नाकाबन्दी होस् या व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर नै किन होस् कति बेला पेट्रोल, डिजेलको अभाव हुन्छ कुनै पत्तो हँुदैन । यस्ता घटनाहरुलाई मध्यनजर गर्दै अहिले बजारमा वैकल्पिक ऊर्जा तथा विद्युत्बाट चल्ने साधनहरुप्रति आकर्षण बढ्दो छ ।

देशमा अहिले लोडसेडिङ केही मात्रामा घट्दै गइरहेको अवस्था छ । औद्योगिक क्षेत्रमा झन्डै साढे दुई घण्टा मात्रै लोडसेडिङ हुने गर्छ । मुलुकमा जलविद्युत् उत्पादन गर्नका लागि ठूला आयोजना निर्माणको अन्तिम चरणमा छन् । सरकारले यस आर्थिक वर्षभित्र झन्डै २ हजार ३ सय विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । पर्याप्त विद्युत् उपलब्ध हुने भएपछि र कम खर्चिलो देखिएपछि उपभोक्ताको रोजाइमा विद्युतीय साधन पर्न थालेको हो । प्राधिकरणले पनि इलेक्ट्रिक सवारीसाधनलाई प्रोत्साहन गर्न विभिन्न स्थानमा चार्जिङ स्टेसन राख्न थालेको छ ।

नेपाली अटोमोबाइल बजारमा डिजेल र पेट्रोलबाट चल्ने सवारी भारी मात्रामा रहेका छन् । लगातार इन्धनको कमीको अवस्थापछि नेपाली बजारमा पनि ठूलो मात्रामा विद्युतीय सवारीसाधन भित्रिँदै आएका छन् । विद्युतीय सवारीप्रति मनिसहरुको आकर्षण बढ्दो छ । नेपालमा धेरै कम्पनीहरुले आफ्नो विद्युतीय सवारीसाधनको व्यापार तथा आयात गर्दै आएका छन् । नेपालमा अहिलेसम्म १ लाख १० हजारदेखि २ लाख ६५ हजार रुपैयाँसम्मका विद्युतीय स्कुटर उपलब्ध छन् ।

नाडाका महासचिव कृष्णप्रसाद दुलालले अहिले नेपाली बजारमा इलेक्ट्रिक सवारीसाधन बढ्दै गएको बताए । ‘विद्युत्को समस्या कम हुन थालेपछि विद्युतीय सवारीसाधनको माग बढ्दै गएको छ, यसमा पनि इलेक्ट्रिक स्कुटरको आकर्षण बढी छ,’ उनले भने, ‘विश्वका केही मुलुकमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा प्रतिबन्ध छ, हाम्रो मुलुक पनि अब विस्तारै यही बाटोमा जानुपर्छ ।’

नेपाली बजारमा अहिले हिरो, भी मोटो, होन्डा महिन्द्रा, नितु, टेर्रा न्युलगायतका एक दर्जन विद्युतीय स्कुटर उपलब्ध छन् । त्यस्तै केही सातापछि नेपाली बजारमा ओकिनोवा ब्रान्डको स्कुटरसमेत आउने भएको छ । नेपालमा उपलब्ध विद्युतीय स्कुटर यसप्रकार छन्—

टेर्रा स्पिड ६० अल्फा
पावर : २ हजार वाट
ब्याट्री : ६० भोल्ट
चार्जिङ समय: ६ घण्टा
रेन्ज : ४५ किलोमिटर
तैल : ९८ केजी
गति/स्पिड ः ६० किलोमिटर प्रतिघण्टा
मूल्य : १ लाख १०हजार

 

टेरा ओक्टा
पावर : ३००० वाट
ब्याट्री : ६० भोल्ट र २९ एम्पीयर आइकोन
चार्जिङ समय ः ३.५ घण्टा
रेन्ज : ८० किलोमिटर
स्पिड : ६० किलोमिटर प्रतिघण्टा

 

न्यु एनवनएसक
पावर ट्रेन : २४०० वाट
ब्याट्री : २९ एएच ६० भोल्ट
रेन्ज : ८० किलोमिटर
चार्जिङ अवधि : ५–६ घण्टा
तैल : ९५ केजी
स्पिड : ५५ केएम प्रतिघण्टा
मूल्य : १ लाख ९८ हजार ८ सय ८८

भिमोटो भी१०० एस
पावर : ४ हजार वाट
ब्याट्री : ७२ भोल्ट ४० एएच लिड एसिड
चार्जिङ समय : ६–८ घण्टा
रेन्ज : १ सय १० किलोमिटर
तैल : १ सय ९४ केजी
मूल्य : २ लाख ५० हजार

भिमोटो इम्याक्स भी१०० एल
पावर : ४ हजार वाट ब्रसलेस मोटर
ब्याट्री : ७२ भोल्ट ४० एएच लिथिउम ब्याट्री
चार्जिङ समय :  ४ घण्टा
तैल : १३४ केजी
स्पिड : ८० किलोमिटर प्रतिघण्टा

हिरो इलेक्ट्रिक फोटोन
पावर ट्रेन : हजार वाट
ब्याट्री : ४८ भोल्ट ३३एएच
रेन्ज : ६५ किलोमिटर
चार्जिङ समय : ६–८ घण्टा
तैल : १११ केजी
स्पिड : ४५ किलोमिटर प्रतिघण्टा

हिरो इलेक्ट्रिक ई–स्प्रिट
पावर ट्रेन : ८०० वाट मोटोर
ब्याट्री : ४८ भोल्ट ३३ एएच
रेन्ज : ५० किलोमिटर
स्पिड :  ४५ किलोमिटर प्रतिघण्टा

बीएमसी ईएम३१५

पावर : २००० वाट
रेन्ज : ४०–५० केलोमिटर
तैल  : १५० केजी
मूल्य : १ लाख ३५ हजार

 

ई–फन कर्गो
पावर ट्रेन : १००१–२००० वाट बोच मोटर जर्मनीको
ब्याट्री : ७२ भोल्ट २० एएच लिथिएम ब्याट्री
चार्जिङ समय : ५ घण्टा
रेन्ज : ६०–८० किलोमिटर
मूल्य : २ लाख १० हजार

योबाएकी यो स्पिड
पावर ट्रेन : ७५० वाट
ब्याट्री : १२ भोल्ट
चार्जिङ समय : ६–८ घण्टा
रेन्ज :  ७०–७५
तैल : ९४ केजी
स्पिड : ४५ किलोमिटर प्रतिघण्टा

ओकिनोवा
पावर ट्रेन : २००० वाट
ब्याट्री : ७२ भोल्ट
चार्जिङ समय : ३ देखि ४ घण्टा
रेन्ज : 200 किलोमिटर
स्पिड : ७५ किलोमिटर प्रतिघण्टा

 

फर्चुना अटोमोबाइल प्रलिले पनि नेपालमा पहिलो पटक ओकिनोवा मोडलका इलेक्ट्रिक स्कुटर बजार उपलब्ध गराउने तयारी गरेको छ । यो स्कुटर तीन घण्टा ब्याट्रीको चार्ज गरेपछि २ हजार किलोमिटरसम्म चल्ने कम्पनीले जानकारी दिएको छ । स्कुटरको टप स्पिट ७५ किलोमिटर प्रतिघण्टा छ । यसको ब्याट्रीको क्षमता ७२ भोल्ट छ । मूल्य भने कम्पनीले उल्लेख गरेको छैन ।

फियर अटो कम्पनीले इको र एक्वाटो नामक दुई इलेक्ट्रिक स्कुटर उपलब्ध रहेका कम्पनीका सेल्स म्यानेजर प्रज्वल बोगटीले जानकारी दिए । उनका अनुसार इको स्कुटरमा २ हजार वाटको ब्याट्री रहको र यसले प्रतिघण्टा ८० को गतिमा माइलेज दिने पनि बोगटीले जानकारी दिएका छन् ।
ब्याट्रीलाई ७ देखि ८ घण्टाको दरमा चार्ज गनुपर्ने उनको भनाइ छ । कम्पनीले नेपालमा इकोका नीलो अरेन्ज र रातो रङका ल्याएको छ । नेपाली बजारमा इको स्कुटरको मूल्य एक लाख ३८ हजार रुपैयाँमा पाइने बोगटीले जानकारी दिए ।

त्यस्तै फेयर अटो कम्पनीमा एक्वाटो नामक विद्युतीय स्कुटर पनि बिक्रीका लागि राखिएको छ । अन्य स्कुटरको तुलनामा यो स्कुटरले उच्च क्षमता र बढी माइलेज दिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार एक्वाटोमा ३ हजार क्षमताको ब्याट्री, ७० देखि ९० प्रतिघण्टाको माइलेज, ४ देखि ५ घण्टाको चार्जिङ अवधिलगायत विशेषता छन् । कम्पनीले एक्वाटोको मूल्य २ लाख ३५ हजार रुपैयाँ तोके पनि नयाँ वर्ष अफरमा यसको मूल्य १ लाख ९९ हजार ९ सय रकममा बिक्री गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

फियर अटो प्रालिमा तीनपाङ्ग्रे सुविधा भएका विद्युतीय स्कुटर नेपालमा उपलब्ध गराएको छ । तीनपाङ्ग्रेमा आर६, वाई६ र वाई६ कार्गो बजारमा उपलब्ध छ । १ सय ४० एम्पायरको ब्याट्री, प्रतिघण्टा एक सय २० किलोमिटरको माइलेज र ४ देखि ५ जना क्षमतालगायत विशेषता छ । यी तीनपाङ्ग्रे विद्युतीय स्कुटरको सुरुवाती मूल्य ४ लाखदेखि रहेको कम्पनीकी सेल्स म्यानेजर समिता पाण्डेले जानकारी दिइन् ।

एसजीटी विद्युतीय बाइक तथा स्कुटर नेपाल कम्पनीमा पनि विभिन्न क्षमताका स्कुटर उपलब्ध छन् । विशेषगरी तीनपाग्रे विद्युतीय स्कुटर तराई क्षेत्रमा गुड्ने र धेरै मात्रामा प्रयोग भएको कम्पनीको भनाइ छ ।