‘बजेट’ मूल्यका १० मोटरसाइकल

न्यून तथा मध्यम आम्दानी हुनेहरुको रोजाइमा दुर्इ लाख रूपैयाँभन्दा तलको मोटरसाइकल पर्ने गरेको छ ।

घरेलु अटो बजारमा मोटरसाइकलको दबदबा छ । बजेटका मोटरसाइकलदेखि कारभन्दा महँगा मोटरसाइकल पनि बजारमा उपलब्ध छन् । विभिन्न कम्पनीका विभिन्न ब्राण्डका मोटरसाइकलबीच बजारमा प्रतिस्पर्धा हुने गरेको छ ।

अहिलेको समयमा धेरै कम्पनीका बाइक तथा सवारीसाधन छनोट गर्नेकार्य पनि ग्राहकका लागि कठिन भएको छ । न्यून तथा मध्यम आम्दानी हुनेहरुको रोजाइमा दुर्इ लाख रूपैयाँभन्दा तलको मोटरसाइकल पर्ने गरेको छ । सवारीसाधनका लागि नवप्रवेशीहरुको रोजाईमा पर्ने सस्तो मोटरसाइकलको माग भएपनि बजारमा आकर्षक र महँगा बाइककै हालीमुहाली छ ।

नेपाली बजारमा महँगा तथा आकर्षक दुईपाङ्ग्रे बाइक भित्रिँदै गर्दा दुई लाख रुपैयाँभन्दा कम मूल्यका मोटरसाइकल बिस्तारै प्रतिस्थापन हुँदै गएका छन् । तथापि नेपालमा घरायसी कामकाज तथा अन्य महत्त्वपूर्ण कार्यका लागि यस्तै सस्ता बाइक बढी प्रयोगमा आएका छन् । लागत, गुणस्तर मापदण्ड, इन्जिन शक्ति, माइलेज तथा प्रभावकारिता आदि बाइक खरिद गर्ने प्रथमिक तथा मुख्य कारक हुन् ।

नेपालमा दुई लाखभन्दा कम मूल्यमा पाइने विभिन्न ब्रान्डका बाइक झन्डै एक दर्जन छन् । टीभीएस, होन्डा, बजाज, यामाहा हिरो कम्पनीका दुई लाख रुपैयाँभन्दा कम मूल्यका बाइक बजारमा उपलब्ध छन् । तीमध्ये केही सस्ता तर उपयोगी बाइकको सूची यस्तो छः

 

टीभीएस भेक्टर ११० डिस

यामाहा स्यालुटो ड्रम २एलपी फाइभ

यामाहा स्यालुटो डिस २एलपी एट

टीभीएस फोनिक्स १२५

टीभीएस स्ट्राइकर १२५

बजाज डिस्कभर १२५ ड्रम

 

बजाज डिस्कभर १२५ डिस्क

 

बजाज डिस्कभर १५० एफ

 

 

होन्डा सीबी साइन (डिस्क)

 

हिराे स्प्लेन्डर अार्इ ३एस