नेपालमा हाल डिजिटल प्रविधिमा आधारित केवल टेलिभिजन एमएसओको विवरण अनुसार १० अाेटा डिजिटल टीभीहरुले लाईसेन्स लिइसकेका छन् भने एनालग केवल टेलिभिजन अन्तर्गत अहिलेसम्म कुल ८ सय ५० कम्पनीले लाइसेन्स लिएका छन् ।
सरकारले वैशाख १५ गतेदेखि एनालग प्रविधिलाई प्रतिस्थापन गर्दै देशैभर पूर्ण रुपमा डिजिटल टीभीमा लैजाने तयारी गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले वैशाखको दोस्रो हप्ताबाट मुलुक भर एनालग केवल टीभीलाई हटाउने भएको हो । मन्त्रालयले कार्तिक २६ गतेबाट शहरी क्षेत्रमा सो केवल टिभीलाई प्रतिस्थापन गर्ने भने तापनि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ वर्षको दोस्रो सातासम्म केबल टीभीलाई एनालगबाट डिजिटल टीभीमा रुपान्तरण गर्ने अन्तिम मिति दिएको छ । विशेषगरी सहरी क्षेत्रलाई लक्षित उक्त मिति तोकेको हो । काठमाडौं तथा अन्य सहरी क्षेत्रका मानिसले एनालग डिजिटल जडान अनिवार्य गर्नुपर्ने छ ।
मन्त्रालयअन्तर्गत केवल टेलिभिजन समन्वय शाखाका इलेक्ट्रोनिक इन्जिनियर अनिल भुजेलका अनुसार नेपालमा भएका एनालग केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने कार्ययोजना तयार भइसकेको बताए । भुजेलले भने, ‘हामीलाई आशा छ, वैशाख १५ गते बाट नेपालका प्रमुख सहरहरु काठमाडौं, पोखरा, इटहरी, बुटवल लगायत मुख्य सहरी क्षेत्रमा डिजिटल टीभी प्रसारण सफलता पूर्वक सम्पन्न हुन्छ ।’
२०७४ बैशाख १५ मा बसेको बैठकले कात्तिक १५ देखि महानगर, उपमहानगर र नगरपालिकामा एनालग सिस्टम बन्द गरी डिजिटल प्रविधिमा लैजाने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नभएपछि सरकारले मिति परिवर्तन गर्दै कात्तिक २८ समय दिएको शाखाका इलेक्ट्रोनिक इन्जिनियर भुजेलले बताए ।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आर्इटीयू) ले एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिएकोमा नेपाल पनि सदस्य राष्ट्र भएकाले निर्णय कार्यान्वयन गर्न लागेको सूचना तथा सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाकी शाखा अधिकृत विज्ञा भण्डारीले जानकारी दिइन् ।
नेपालमा हाल डिजिटल प्रविधिमा आधारित केवल टेलिभिजन एमएसओको विवरण अनुसार १० अाेटा डिजिटल टीभीहरुले लाईसेन्स लिइसकेका छन् भने एनालग केवल टेलिभिजन अन्तर्गत अहिलेसम्म कुल ८ सय ५० कम्पनीले लाइसेन्स लिएका छन् ।
डिजिटल केवल प्रविधिमा आधारित टीभीबाट मुख्य लाइसेन्स लिएका डिजिटल टिभी यसप्रकार छन्
डिजिटल प्रविधि अन्तर्गत नेपालमा कनेक्ट डिजिटल प्रालि केवल सञ्चालनमा नरहेको इन्जिनियर भुजेलले जानकारी दिएका छन् । पुराना एनालग केवल टीभीले पनि डिजिटल टीभीमा रुपान्तरित भएर सेवा दिन सक्ने भुजेलको भनाई छ ।
नेपालका ग्रामिण क्षेत्रमा भने डिसहोमले आफ्नो प्रभुत्व जमाइ सकेको छ । हाल नेपालमा डिसहोमका १० लाख भन्दा वढि सेवा ग्राहि रहेका छन् । डिसहोम पनि छिटो र सुविधायुक्त स्याटलाइटयुक्त डिजिटल टीभीका रुममा लिइएको छ ।
त्यस्तै डिजिटल टेष्ट्रियल ब्रोडकास्टीङ् अन्तर्गत पनि चार ओटा कम्पनिले इजाजत पत्र पाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमा यूनिभर्सल नेटवर्क सोलूसन, महाँकाली डिजिटल नेटवर्क, हनी नेटवक्र्स वायरलेश डिजिटल टीभी प्रलिले इजाजत पत्र लिएका छन् ।
डिजिटल केबल टीभीका फाइदा
हाल ग्राहकले अपनाइरहेको एनालग प्रविधिबाट टिभीको आवाज, भिडियो तथा पिक्चर क्वालिटी तुलनात्मक रुपमा कमजोर हुन्छ । यसलाई सेट टप बक्स जडान गर्दा त्यसले अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल दिने हुनाले डिजिटल टिभीमा गुणस्तरीय पिक्चर र आवाजमा प्रसारण हनेछ । सेट टप बक्स जडानपछि ग्राहकले थ्रिडी, एचडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडीसहितको मल्टिपल हाइ ब्यान्डविथमा टिभी हेर्न पाउँछन् ।
त्यस्तै सेटअप बक्समार्फत इन्टरनेट जोडेर टिभीबाटै म्यासेज आदानप्रदान गर्ने, युट्युबबाट भिडियो हेर्न, इन्टरनेट चलाउने र अनलाइन च्यानल हेर्ने सुविधा मिल्नेछ भने आफूलाई हेर्न मन लागेका कार्यक्रम रेकर्ड गरेर आफूलाई फूर्सद भएको समयमा हेर्न समेत सकिन्छ ।
डिजिटल केवल टीभीका एनालग केवल टीभीको तुलनामा डिजिटल टीभी पूर्ण रुपमा सिस्टमेटिक र मनोरञ्जनात्मक हुन्छ । रिचार्ज पेमेन्टस सिस्टम भएकाले कुनै झन्झट हुने छैन् । उच्च गुणस्तरको पिक्चर रहेको हुन्छ ।
डिजिटल प्रविधिमा जान ग्राहकले एक पटकका लागि तीन हजार रुपैयाँ खर्च गरेर सेट¬टप बक्स खरिद गर्नुपर्नेछ । एकपटक सेट टप बक्स जोडेपछि ग्राहकले मासिक प्याकेज अनुसार पैसा तिरे पुग्ने भएकाले अन्य भार पर्दैन ।