यसरी आउँदैछ, काठमाडौंमा मेलम्चीको पानी

सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौको सुन्दरीजलसम्मको करिब साढे २७ किलोमिटर लामो सुरुङमार्ग निर्माण कार्य सम्पन्न भएको छ । २५.९ मिटर टनेलको ३.६ मिटर ढलान भइसकेको छ भने बाँकी २२.३ मिटर टनेल ढलान गर्न बाँकी छ । ढलानको काम तीन महिनाभित्र सक्नेगरी दैनिक काम भइरहेको छ । इन्टेकदेखि अम्बाथानसम्मको ८ सय ५ मिटर फिनिसिङको काम यसअघि नै सम्पन्न भइसकेको छ ।

काठमाडौं उपत्यकाबासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम विहीबार सकिएसँगै उपत्यकाबासीमा पानी आउने अर्को आस पलाएको छ । दुइ दशकदेखि उपत्यकाबासीका लागि पिउने पानी आपूर्ति गराउने उद्देश्यले निर्माण सुरु भएको आयोजनाको कार्यप्रगति आशलाग्दो देखिएको छ ।

सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौको सुन्दरीजलसम्मको करिब साढे २७ किलोमिटर लामो सुरुङमार्ग निर्माण कार्य सम्पन्न भएको छ । २५.९ मिटर टनेलको ३.६ मिटर ढलान भइसकेको छ भने बाँकी २२.३ मिटर टनेल ढलान गर्न बाँकी छ ।
ढलानको काम तीन महिनाभित्र सक्नेगरी दैनिक काम भइरहेको छ । इन्टेकदेखि अम्बाथानसम्मको ८ सय ५ मिटर फिनिसिङको काम यसअघि नै सम्पन्न भइसकेको मेलम्ची आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रराज पन्तले बताए ।

उनका अनुसार ५ फेजमा फिनिसिङको काम हुने छ । दैनिक ५० मिटरका दरले काम भएपनि ३ महिनाभित्र फिनिसिङको काम सकिने आयोजनाले जनाएको छ । त्यसपछि ३ फेजमा टनेलमाथि भेन्टिलेसन पाइप खन्ने काम बाँकी छ । सुन्दरीजल, थकनी र इचोकमा भेन्टिलेसन पाइपको काम १ महिनाभित्र सकिने आयोजनाले दाबी गरेको छ । इन्टेकमा हेडबक्स र बाँध बनाउने तीनमहिना अवधिभर सक्नेगरी काम सुरु हुने छ । अहिलेसम्म हेडबक्स र बाँध बनाउने प्रक्रिया सुरु नभएपनि निर्धारित समयमै काम सकिने प्रवक्ता पन्तले बताए ।

त्यस्तैगरी अस्थायी पाइप लाइन राखिने छ । टनेलको आउटगेटदेखि पानी प्रशोधन केन्द्रसम्मका लागि २ सय ५० मिटर पाइप जडान हुने छ । त्यस्का लागि १ महिना लाग्ने आयोजनाको अनुमान छ । त्यसपछि मेलम्चीको पानी सुन्दरीजलमा ल्याइने गरी पाइप विस्तार लगायतका काम हुनेछन । सुन्दरीजलमा मेलम्चीको पानी आएपछि राजधानीमा विभिन्न वितरण प्रणालीबाट उपत्यकाबासीका धारामा पानी वितरण हुनेछ । सुन्दरीजलमा मेलम्चीबाट आउने १७ करोडमध्ये साढे आठ करोेड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । बाँकी साढे आठ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा यो परियोजना अघि बढाएको हो ।

सुन्दरीजल प्रशोधन कन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानमा विशाल पानी ट्याङ्कीमा सङ्कलन गरेर वितरणको प्रबन्ध मिलाइनेछ । त्यस्का लागि ७७ किमी वितरण प्रणालीमध्ये ७० किलोमिटर पाइप बिछ्याइसकेको छ । उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १ सय ८६ घरमा धारा जडान भएका छन् ।