नेपालका ६ दूरसञ्चार टेलिफोन सेवाप्रदायक कम्पनीमध्ये एनसेल, नेपाल टेलिकम र स्मार्ट सेलको भ्वाइस कल सेवाबाट अहिले कुनले गुणस्तरीय तथा सस्तो भ्वाइस कल सेवा दिने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ ।
नेपालमा विभिन्न टेलिफोन सेवाप्रदायक कम्पनीले भ्वाइस कलमार्फत सेवा दिने नाममा होडबाजी चलिरहेको छ । नेपालका ६ दूरसञ्चार टेलिफोन सेवाप्रदायक कम्पनीमध्ये एनसेल, नेपाल टेलिकम र स्मार्ट सेलको भ्वाइस कल सेवाबाट अहिले कुनले गुणस्तरीय तथा सस्तो भ्वाइस कल सेवा दिने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ ।
विभिन्न कम्पनीबीच ग्राहकलाई आकर्षण गर्ने क्रम चलिरहँदा विभिन्न सेवाप्रदायक ग्राहकमा भने सकारात्मक प्रभाव परेको छ । विशेषगरी नेपालका दुई ठूला सेवाप्रदायक कम्पनी ऐनसेल र नेपाल टेलिकमबीच कुनले ग्राहकको चाहनाअनुरूपको भ्वाइस सेवा दिन सक्नेमा भन्नेमा प्रतिस्पर्धा छ ।
कसैले ‘नाइट भ्वाइस प्याक’, कसैले ‘माई फाइभ’ त कसैले ‘स्पेसल टक प्याक’ योजना ल्याएका छन् । यस किसिमका सेवासुविधाका कारण ग्राहकले चाहेअनुसारको कल तथा सुविधा लिइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ । यस्ता भ्वाइस कल सेवा योजनाले ग्राहकलाई सोचभन्दा बढी फाइदा पुगेको उनले जानकारी दिए । कम्पनीले ग्राहकलाई भुलाउन तथा कम्पनीबीच ग्राहकलाई आकर्षण गर्ने क्रममा ल्याइएका यस्ता अफरमा कमभन्दा कम रेटमा केही सस्तो हुँदै गएको छ । यसको प्रत्यक्ष प्रभाव ग्राहकलाई परेको छ ।
एनसेलले हालसम्म ६ ओटा भ्वाइस सेवा दिइरहेको छ । ग्राहकलाई आकर्षित गर्न विगत लामो समयदेखि एनसेलले विभिन्न सेवा दिँदै आएको छ । एनसेलले ग्राहकको सेवालाई ध्यानमा राखेर ६ ओटा भ्वाइस सेवाअन्तर्गत दैनिक, साप्ताहिक, मासिक, रात्रिकालीन, डे प्याक (बिहान ५ देखि बेलुका ५ बजे) र तीनदिने भ्वाइस प्याक दिइरहेको छ ।
तीमध्ये सबैभन्दा सस्तो, रात्रिकालीन भ्वाइस प्याकमा बेलुकी १० बजेबाट बिहान ५ बजेसम्म आठ रुपैयाँमा एक सय २० मिनेट र मासिक भ्वाइस प्याकअन्तर्गत सोही समयावधिमा एक २० मिनेट टक टाइम योजना दिइरहेको छ ।
पछिल्लो समय टेलिकमले पनि ग्राहकलाई विभिन्न सेवासुविधा दिँदै आएको छ । एनसेलभन्दा नेपाल टेलिकम पुरानो सेवाप्रदायक कम्पनी भए पनि टेलिकमले सेवाग्राहीलाई भने जस्तो सेवा दिन सकेको थिएन ।
नेपाल टेलिकमले पछिल्लो समय सातओटा भ्वाइस प्याक सेवा दिइरहेको छ । टेलिकमले स्प्रिङ अफर, नयाँ वर्ष, रेगुलर, रिकमन्ड, भोल्युम, इन्डिया कल अफर सेवा दिएको टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले जानकारी दिइन् । विभिन्न कम्पनीले ग्राहक आकर्षित गर्न ल्याएको भ्वाइस कल प्याकेजअन्तर्गत ग्राहकले १० पैसा प्रतिमिनेटका दरले भ्वाइस कल गर्न सक्ने उनको भनाइ छ ।
एनटीसीको जीएसएम तथा सीडीएमए पोस्टपेड र प्रिपेड सिमबाट कल गर्दा क्रमशः एक रुपैयाँ र १.५० रुपैयाँ प्रतिमिनेट लाग्ने गरेको छ । यो टेलिकमले दूरसञ्चार प्राधिकरणलाई बुझाएको कल रेट हो । तर, प्याकका रूपमा ग्राहकलाई सेवा उपलब्ध गराउँदा कम्पनीको पोस्टपेड र प्रिपेड सिमबाट कल गर्दा ४५ पैसा प्रतिमिनेट लाग्ने टेलिकमका प्रवक्ता वैद्यले जानकारी दिइन ्।